अघिल्लो सरकरका रणनीतिक योजना अलपत्र

कार्तिक २,कालिकोट । अघिल्लो सरकारले कालिकोटको पलाँतामा युवालाई रोजगारी दिन पलाँता निर्माण कार्यदल घोषणा ग¥यो । देशै भरी चर्चा भयो । युवामा रहेको परनिर्भता र रोजगारीकालागि भारत धाउनुपर्ने बाध्यता कम गर्ने भन्दै ३ वर्षअघि सुरु गरेको निर्माण कार्यदल अहिले अलपत्र छ ।

तामझामका साथ कामसुरु गरेको पालिकाले सडक निर्माण,विद्यालय,खानेपानी योजनालगायतका काममा सुरुमा करिब ३ सय जना सदस्य कार्यदलमा राखेपनि अहिले भने कार्यदलमा एकै जना पनि सदस्य छैनन्।

पलाँता गाउँपालिका अध्यक्ष विष्णु रोकायाले सभामा खासै कुरा नउठेको बताए। उनले भने ‘हामी आउदै गर्दा निर्माण कार्यदल थिएनन । खोजि गरेर ल्याउन सकेनौ । लिस्टमै नभएका कर्मचारी कहाँवाट खोजेर ल्याउने ?’

सुरुवातमा राम्रो सफलता पाएको निर्माण कार्यदललाई निरन्तरता दिन नसक्दा अहिले ठप्प छ। पलाँता गाउँपालिकाले निर्माण कार्यदल पुर्णरुपमा खारेज गरेको छ । अहिले कुनै पनि सदस्य निर्माण कार्यदलमा छैनन ।

त्यसैकै सिको गरेर रास्कोट नगरपालिकाले २ वर्ष अघि श्रम रोजगार बैंकको घोषणा ग¥यो । रोजगारीका लागि भारतलगायत खाडी मुलुक भौतारिने युवा जनशक्तिलार्ई गाउँठाउँमै काम दिने उद्देश्यले सुरु गरिएको श्रम रोजगार बैंक नयाँ जनप्रतिनिधिको आगवनसँगै ठप्प छ ।

नगरपालिकाले सुरुका वर्ष श्रम रोजगार बैंकका सदस्य मार्फत विद्यालय भवन,खेल मैदान, सडकलगायतका पूर्वाधार विकासका काममा ५ करोड रुपैयाँ खर्च गरेको थियो । पछि बजेट घटेर काम नै नपाउने अवस्था भएपछि समस्या भएको बैंकका अध्यक्ष पदमबहादुर खड्काले बताए ।

‘सुरुमा त युवामा निकै उत्साह थियो,’उनले भने, ‘बजेट घट्दै गयो,काम पनि नपाउने अवस्था आयो ।’ उनका अनुसार हाल बैंकका अधिकांश सदस्य तितरवितर भइसकेका छन् । कोही कमाइका लागि भारत गएका छन् भने केही काठमाडौंमा काम खोज्दै भौतारिरहेका छन्।

नयाँ जनप्रतिनिधि आएपछि नगरसभाले श्रम रोजगार बैंकका लागि बजेट विनियोजन गर्न सकेन ।’ पालिकाका २ सय ६० जना युवालाई समेटेर निर्माण गरिएको रोजगार बैंकको समूह अहिले बेरोजगार बनेको स्थानियको आरोप छ।

श्रमरोजगार बैंकको कार्यबिधि २०७५ दफा ६ को उपदफा ५ मा नगरपालिकाले योजनाको छनोट,हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा वार्षिक कार्ययोजना दिनुपर्ने उल्लेख छ । सरकार हुदा सम्म निर्माण कार्यदल र श्रम रोजगार बैंकका प्रमाण भेटिने गरेका थिए । तर स्थानीय तहको दोस्रो कार्यकालका जनप्रतिनिधिले सत्ता समालेसंगै नाम पनि सुनिन छोडेका छन्।

यस्तै दैलेखको भगवतीमाई गाउँपालिकाले पनि तिन वर्षअघि श्रम रोजगार बैंक घोषणा ग¥यो । रोजगारीका लागि भारतलगायत खाडी मुलुक भौतारिने युवा जनशक्तिलार्ई गाउँँमै कामदिने उद्देश्यले सुरु गरिएको श्रम रोजगार बैंकमा पनिठप्प छ। गाउँपालिकाले १ सय ४० जना युवाहरुलाई १२ महिना कामदिन नसक्दा अहिले बन्द रहेको सुचना अधिकारी प्रेमबहादुर खड्काले बताए।

‘दैनिक नगरको सडक,खानेपानि मर्मत तथा सम्भरको कामगरे अनुसार ज्याला पाउने गरेका छन्।’ उनका अनुसार कामदार अहिले श्रम रोजगार बैंकमा छैनन्। गाउँका युवाहरुलाई रोजगा दिनकैलागि र भारत जाने युवाहरुलाई रोक्नकालागि गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९मा १ करोड ७५लाख छुटाएको छ। वर्षातले युवाहरुलाई कामगर्न समस्या हुदा अहिले काम ठप्प रहेको छ गाउँपालिकाले जनाएको छ ।