दमाहा बजाउदै किशोरीहरु

ललित विष्ट
फगुन २५,कालिकोट । पछिल्लो समय गाउँघर र समाजमा दमाहा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको दमाहा बाजाको प्रवर्द्धनगर्न विभिन्न निकाय संरक्षण गर्ने अभियानमा जुटेका छन् । पुरुष मात्र हैनन् महिलाले पनी केही गर्न सक्छन भन्ने उदेश्यले सवैलाई चिनाउन र उदाहरण बन्न किशोरीहरुले शुक्रबार मान्ममा ११४ औं महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा दमाहा बाजा आकर्षण बनाएका छन् ।

झट्ट सुन्दा अचम्म लाग्छ,महिला,किशोरीले बजाउँछन्। भन्दा,तर खाँडाचक्र नगरपालिका–१ का किशोरीले दमाहा बाजा बजाउन थालेका छन् । परम्परागत रुपमा दमाहा बजाउने समुदायको सङ्ख्या घट्दै गएपछि सो भेगका किशोरीले बाजा संरक्षण अभियानमा लागेका हुन् ।

केही समय यता जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम,भेला तथा सम्मेलनमा महिलाले नै बाजा बजाउने गरेका छन् । एकै पोशाकमा सजिएका महिलाहरुले बाजा बजाउन थालेपछि नयाँ र फरक दृश्यमा नारी दिवस आयोजना गरिएको थियो । यस पहिले जिल्लामा आयोजना हुने बिभिन्न शभा समारोहमा दमाहा बाजा बजाउनेहरु मा पुरुषको मात्रै सहभागिता देखिने गरेको थियो ।

महिला हक,अधिकार,सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरी एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने,राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो ।

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न,महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता,विभेद,असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको छ ।

यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको हो । कलिकोट कर्णाली तथा सुदुरपश्चिम क्षेत्रमा धार्मिक कार्यक्रम बिवाह,ब्रतबन्ध जस्ता सामाजीक कार्यमा पुरुष हरुले बाजा बजाउने गर्छन् । महिला हरुले पहिलोपटक बाजा बजाउदा समाजमा सकरात्मक प्रभाव परेको अधिकारकर्की रमेश नेपालीले बताए ।

कालिकोटका ९ वटै स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको हो । संविधानले दिएको अधिकारको अझै पनी महिलालले अधिकारको कार्यान्वयन हुन नसकेको महिला अधिकार कर्मिहरुले बतायन्छन् ।

पछिल्लो समय गाउँघरमा दमाहा बजाउने परम्परा लोप हुँदै जादा आफुहरु पहिलो पटक सार्वजनीक कार्यक्रममा बजाउन पाउँदा आफु दगं परेको खाँडाचक्र —१ की आरती नेपालीले बताइन् । उनले भनिन् । गउँघरका कहीले कसो दाजु,बावा,भाईहरुले बजाउने बाजा बोकेर हिड्दा समाजमा महिलाहरुले पनी केही गर्न सक्छन् । भन्ने आशा जगाएको उनको भनाई छ ।

गाउँका महिला श्रममै
अलिहे पनी गाउँका महिलाहरु महिला दिवस,नारी दिवसजस्ता दिवसको बारेका बेखवर छन्। दैनीक श्रम गर्ने ती दुर दराजका महिलाले आफ्नो आत्म सम्मानको लागी घर खेतमै लडिरहेकी छन् । बिहान बेलुकाको छाक्क टार्नको लागी भएपनी महिलाले आफ्नो घर खेतको काममा जुट्ने गरेका छन् । अहिले गाउँमा घासपात गर्ने,खाब्रा चराउने, गोठालो जाने,घरायसी काममा बेस्त महिलालाई आजको ११४ औं महिला दिवसले छोएको देखिदैन् । महिला अधिकारको लागी घर परिवारका पुरुषहरुलाई खुसी पानुपर्ने आफु हुदा कार्यक्रममा आउन नपाएको कालिकोटकी सरिता शाहीले बताईन् । उनी जस्ता धेरै महिलालाई महिला दिवसबारे जानकार छैनन् ।