ललित विष्ट
२७ श्रावण , कालिकोट ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्रामका लागि पालिका छनौट ग¥यो । २०७८ सालमा औद्योगिक ग्राम बन्ने नगर तथा देशभरबाट ४ वटा नगरपालिका र २ वटा गाउँपालिका छनौट सूचिमा परे । जसमा कालिकोटको शुभकालिका गाउँपालिका कर्णाली भरीबाट छनौटमा प¥यो । मन्त्रालयबाट छनौटमापर्ने स्थानीय तहहरुमा शुभकालिका गाउँपालिकाको साथै महालक्ष्मी नगरपालिका धनकुटा,निलकण्ठ नगरपालिका धादिङ,पाणिनी गाउँपालिका अर्घाखाँची,दीपायल सिलगढी नगरपालिका डोटी छनौटमा परेका थिए ।
छनौटमा परेका स्थानीय तहहरुले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख बजेटमा कार्य सम्झौता गरी औद्योगिक क्षेत्र पूर्वाधार सुरुवात गर्नुपर्ने उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा पनी केन्द्र सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने योजनासहित कर्णालीका दश जिल्लामा औद्योगिक ग्राम बनाउने घोषणा ग¥यो । यसका लागि सरकारले प्रत्येक स्थानीय तहलाई ९२ लाख रूपैयाँसम्मको बजेट व्यवस्थापन गर्ने जनाएको थियो ।
स्थानीय तहले औद्योगिक ग्रामको डीपीआर बनाएपछि भौतिक संरचना निर्माण गर्नेगरी रकम व्यवस्थापन गर्ने जनाईएको थियो । छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटी स्थानीय स्रोत साधन,कच्चा पदार्थ,प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्ने भनिएका कर्णालीका औद्योगिक ग्राम योजना अलपत्र अवस्थामा छ ।
शुभकालीका गाउँपालिकका पूर्व अध्यक्ष खडानन्द चौलागाईका अनुसार पहिलो वर्ष दश लाखा बजेटमा टेन्डर गरेर कामको सुरुवात समेत गरेको बतथाउर्दै पछि आएका जनप्रतीनिधिहरुले उक्त काममा चासो नदिदा अहिले औद्योगिक ग्रामको कागले तिब्रता लिन नसकेको बताए । उनले भने , ‘आफ्नो पालामा गाउँपालिकाको केन्द वडानम्बर ५ को सुकाटीया मा,औद्योगिक ग्रम वडानम्बर ४ को राराकाटीयामा र खेल ग्राम वडानम्बर ३ को भर्तामा निर्माणगर्ने गरी काम सुरुवात गरेको तर अहिले औद्यागीक ग्रामको काम अलपत्र रहेको बताए ।
यी हुन् घोषणा भएका औद्योगिक ग्राम
कर्णालीमा एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माणको सरकारी योजनालाई यहाँका स्थानीय पालिकाले प्राथमिकतामा राखेको देखिदैन । सुर्खेत,कालिकोट,जाजरकोट र जुम्ला जिल्लाका ९ स्थानीयतहले पालिकामा औद्योगिक ग्राम स्थापनाको घोषणा गरेका छन् । तर,घोषणा भएको लामो समयसम्म पनि पालिकाले ग्रामका लागि आवश्यक पर्ने पूर्वाधारहरु निर्माणमा ध्यान दिएका छैनन् ।
पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ र ८ मा पाँच सय रोपनी जग्गामा ग्राम स्थापना गर्ने भनेर २०७६ असोज ६ गते घोषणा भएको तीन बर्ष भयो । अहिलेसम्म जग्गा प्राप्तिमै अड्किएको छ । त्यस्तै, सुर्खेतकै चौकुने गाउँपालिकाको वडा नम्बर ५ मा १० विगाहा जमिनमा २०७७ कात्तिक २४ गते ग्राम स्थापनाको घोषणा भएको थियो, यहाँ पनि जग्गा प्राप्ति हुन सकेको छैन । त्यस्तै, सिम्ता गाउँपालिकाको वडा नम्बर ६ मा ९५–१५–३–२ रोपनी क्षेत्रफलमा कित्ता नम्बर ३० र ५६ मा औद्योगिक ग्राम स्थापना गर्ने भन्दै २०७७ माघ १५ गते घोषणा गरिएको थियो । यो घोषणा गरेको तीन बर्ष पुगे पनि प्रगति भने शून्य छ ।
कालिकोटका नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालकाले पनि औद्योगिक ग्रामको योजना अगाडि सारेको भएपनि जग्गा प्राप्तिमा अल्झन देखिएको छ । यी ९ वटा ग्राममध्ये सिम्ता,शुभकालिका,शिवालय र तातोपानी गाउँपालिकाले मात्रै जग्गा प्राप्त गरेका छन्, भने बाँकी सुर्खेतका भेरीगङ्गा, पञ्चपुरी र चौकुनेमा ग्रामका लागि जग्गा प्राप्त भएको छैन । संघ सरकारको ६० प्रतिशत र प्रदेश सरकारको चालिस प्रतिशत लगानीमा त्यहाँ संरचना निर्माण गर्ने योजना हो । तर हालसम्म पनि ग्राम घोषणा भएका स्थानमा कतै जग्गा प्राप्ति नभएको, कतै विद्युतीकरणको समस्या रहेको,कतै सडकको पहुँच नभएको तथा कतै वन क्षेत्र भएका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन् ।
karnalipress
२७ श्रावण २०८१, आईतवार ०८:५७