कालिकोटमा बालविवाह बढ्दै

ललित बिष्ट  भाद्र १ ,कालिकोट। जिल्लामा पछिल्लो समय बालविवाह गनेको संख्या बढ्दै गएको छ। जिल्लामा किशोर, किशोरीहरुले १५,१६ बर्षको उमेरमै बालविवाह गर्ने गरेको पाइएको हो।

आर्थिक बर्ष२०७७/७८ मा जिल्ला प्रहरी कार्यलय कालिकोटमा ३७ ओटा बालविवाहका ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यलय कालिकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिनुभयो।

खाँडाचक्र नरपालिकामा ७,रास्कोट नगरपालिकामा ११,तिलागुफा नगरपालिकामा २,शुभकालिका गाउँपालिकामा ६,नरहरीनाथ गाउँपालिकामा ३, पचालझरना गाउँपालिकामा १, सानित्रिबेणी गाउँपलिकामा १ र पलाँता गाउँपालिकामा ६ गरी जम्मा ३७ ओटा ठाडो उजुरी र २ ओटा मुदा दर्ता भएको उहाँले बताउनुभयो। यस्तै आर्थिक बर्ष २०७८/७९ को सुरुवात मै ३,ओटा ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ।

यस्तै जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने गैर सकारी संथा किर्डाक नेपाल र सेव द चिल्ड्रनको तथ्याङ्घका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकामाआर्थिक वर्ष २०७६/७७ मा शुभकालिकामा ३३ प्रतिसत र तिलागफा नगर पालिकामा ४२ प्रतिसत बालविवाह गरेको किर्डाक र सहयात्रा परियोजनाका संयोजक प्रकाश शाहीले जानकारी दिनुभयो।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा शुभकालिका गाउँपालिकामा बालविवाह गर्नेको संख्या ७७ जना २५.१३ प्रतिसत र तिलागुफ नगरपालिकामा बालविवाह गर्नेको संख्या ९२ जना २०प्रतिसत रहेको उहाँले बताउनुभयो।

यस्तै आर्थिक वर्ष २०७८को पौष बाटा हाल सम्म शुभकालिका गाउँपालिकामा जम्मा ५४ र तिलागुफा नगरपालिकामा जम्मा ८८ बालविवाह भएको सेव द चिल्ड्रनका परीयोजना संयोजक वाले बिकले जानकारी दिनुभयो। शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा बालकल्व  र प्रहरीले २३ओटा हुनलागेका बालविवाह रोकेको उहाँले बताउनु भयो। गाउँमा उमेर नपुगि विवाह गर्नेको संख्या कामयमै रहेको पाईएको छ।

कानुननि बन्देजका बिच हुन्छ बालविवाह 

अहिले विवाह गर्ने न्यूनतम उमेर २०वर्ष तोकेको छ। उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था कानुनमा छ।बालविवाहले समाजमा धेरै जोखिमता निम्त्याएको छ।

बालविवाहले उनीहरूलाई शिक्षाबाट बञ्चित गराउनुको साथै अनिर्णयको बन्दी बनाइएको छ,मातृ स्वास्थ्य तथा उनीहरूको स्वास्थ्यमा असर गरेको छ,भने घरेलु हिंसा बढाउन उत्तिकै भूमिका खेलेको छ।

बाविवाह न्यूनीकरणका लागि तिनै तहका सरकारले कानुन बनाएर अघि बढिरहेका छन’ तर, ’कानुनी जटिलता हुँदाहुँदै पनि गुपचुप रुपमा बालविवाहका घटना बढ्दै गइरहेका छन्। स्थानीय समुदाय आफैँ अग्रसर नभएसम्म बालविवाह न्यूनीकरण गर्न नसकिने देखिन्छ।’

बालविवाह न्यूनीकरणको पहल

जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्य र साझेदारीमा बालविवाहविरुद्धको अभियान चलिरहेको छ। बढ्दै गइरहेको बालबिवाह न्यूनीकरणका लागी जिल्लाको तिलागुफ नगरपालिका र शुभकालिका गाउँपालिकामा बालविवाह न्यूनीकरणकालागि बाल संञ्जाल गठन गरी बालबिवाह न्यूनीकरणकालागि स्थानीयसँग छलफल गर्ने गरेको र प्रहरीले विद्यालयमा पुगेर सचेतीकरण गर्ने गरेको लालिगुराँस बालकल्वका अध्यक्ष कमल तिमेलसेनाले बताउनुभयो।