कालिकोटमा पनि देखियो कालाज्वर

ललित बिष्ट १२,माघ कालिकोट । तराईका जिल्लामा मात्रै देखिने गरेको कालाज्वर पछिल्ला बर्षहरुमा पहाडी जिल्लामा पनि देखिन थालेको छ । कालीकोट जिल्लामा पनि कालाज्वरका बिरामी ४३ जना भेटिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालाज्वरका बिरामी जिल्लाको पलाँता गाउँपालिका र पचालझरना गाउँपालिका भित्रका नागरिकमा धेरै देखिएको हो ।

कालाज्वार सबै भन्दा वढी वालवालिकामा देखिने गरेको छ । चालु आर्थिक वर्षमा देखा परेका १३ जना बिरामीमा ९ जना पाँच वर्ष मुनीका बालबालिका रहेका छन । कालिकोटमा तीन वर्ष यता क्रमस कालाज्वरका बिरामी बृद्धी भईरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख रत्नबिर सुनारले बताए ।

उनले भन्ने ‘आर्थिक वर्ष २०७५/०७६ मा जम्मा सात जना कालाज्वरका बिरामी थिए । पछिल्लो वर्ष २०७६÷०७७ मा बृद्धी भएर २६ जना पुगेको देखिन्छ । त्यसपछि आर्थिक वर्ष २०७७/०७८ मा बृद्धी भएर ४३ जनामा कालाज्वार देखिएको छ । चालु आर्थिक वर्षको यो ६ महिना पुस मसान्त सम्म १३ जनामा देखिएको हो ६ जना महिना ७ जना पुरुष छन ।’ यसमा पाँच वर्ष मुनिका नौ जना रहेका छन ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका सुचना अधिकृत कटकवहादुर महतले कालीकोटमा कालाज्वारका बिरामी दिनप्रतिदिन वढिरहेको बताए । उनले अहिले जिल्लामा धेरैमा छ भन्ने हामीले अनुमान गरेका छौ । ‘उनले भन्ने गम्वीर बिरामी भएर कालीकोट अस्पतालमा आएकाहरुको मात्र हामीसंग तथ्यांक छ । गाउँमा कालाज्वारका लक्षण भएका बिरामी धेरै छन । उनिहरु केही भारत र केही मुलुकका बिभिन्न अस्पतालमा उपचार गराउने भएकाले कालीकोटको संख्या कम देखिएको महतको भनाई छ ।’

कालाज्वारका बिरामीमा बिषेश ज्वरो आउने, अनुहार कालो हुदैजाने, पेट फुल्ने, तौल घट्दै जाने, फियो वड्ने लगाएतकारोग लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउने, रगतको कमी हुने, तौल घट्ने, कलेजो सुन्निने र छाला कालो हुने जस्ता लक्षण देखिन्छ । यो गाईगोठमा काम गर्नेहरुमा वढि देखिने गरेको छ । सानो भुसुना जस्तो किराले टोकेका कारणले संक्रमण फैलिने गरेको पाईएको छ ।

कालीकोटमा क्रमिक रुपमा फैलिदै गएको कालाज्वारले स्वास्थ्यक्रर्मीलाई समेत चिन्तीत वनाएको छ । गत आर्थिक वर्षमा सुर्खेत रेफर गरिएका एक जनाको कालाज्वारकै कारण मृत्यु समेत भएको जिल्ला स्वास्थय कार्यालय कालीकोटले जनाएको छ ।

के हो कालाज्वर ?
यो प्रोटोजोवा अन्तर्गत पर्ने लेइसमानिया दोनोभानी नामक परजीवीका कारण सर्ने सरुवा रोग हो। यो एकप्रकारको भुसुनाको टोकाईबाट सर्छ। यो रोग लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउने, रगतको कमी हुने, तौल घट्ने, कलेजो सुन्निने र छाला कालो हुने जस्ता लक्षण देखिन्छ। प्रयोगशालामा के ३९ टेस्ट गरेर कालाज्वर भए–नभएको सहजै पत्ता लगाउन सकिन्छ।
रोग लागेपछि निमोनिया, क्षयरोगजस्ता रोगको संक्रमण हुनुका साथै अत्याधिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ। संक्रमण भएको २ हप्तादेखि एक बर्षसम्म रोगको लक्षण देखिन्छ। लक्षण देखिएको २ बर्षभित्र सही उपचार हुन नसके बिरामीको मृत्यु हुने सम्भावना ९५ प्रतिशतभन्दा बढी हुने गदछ पछिल्ला बर्षमा नेपालमा वार्षिक २ सय ५० देखि ३ सयसम्म कालाज्वरका बिरामी भेटिने गरेका छन्।