
भाद्र १८,काठमाण्डाै।– महानगरीय अपराध नियन्त्रण महाशाखाले झन्डै ८० लाख रुपैयाँ बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।अवैध रूपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाण्डाैकाे सामाखुशीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा घर भइ काठमाण्डाैकाे मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङ घर भइ बानियाटार बस्ने ४० वर्षीइ कृष्ण परियार र प्युठान घर भइ तारकेश्वर बस्ने ४७ वर्षीय दानबहादुर जिसी रहेका छन् ।
गुरुङको कोठा खानतलासी गर्दा बिक्री गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय काठमाण्डाै पठाइएकाे महाशाखाले जनाएकाे जनाएको छ । प्रहरीले उनीहरूको साथबाट एक किलो आठ सय ५० ग्राम यार्सागुम्बासमेत बरामद गरेको छ ।



karnalipress
१८ भाद्र २०७८, शुक्रबार १७:५३