
ललित विष्ट,
कालीकोट ।
हुम्लाको सर्केगाड गाउँपालिका–३ की २६ वर्षीया पुष्पा डिसीलाई असोज १४ गते राती जटिल प्रसूति समस्या देखापरेपछि अस्पताल लगियो । अत्यधिक रक्तस्राव र प्रसूति जटिलताका कारण असोज १५ गते जिल्ला अस्पताल हुम्लाका चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै रिफर गरे । हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा तिनदिनको उपचार पछि उनले नयाँ जीवन पाइन् । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । उनका पती झग फडेरा छिटै उपचार पाएपछि पत्नीको ज्यान जोगिएकोमा खुसी छन् ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ की २३ वर्षीया विनिता प्याकुरेललाई ४ भाद्रको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो । व्यथा सुरु हुँदा सन्तानको प्रतीक्षामा रहेको परिवारमा खुसी थियो,तर जटिलता बढ्दै जाँदा त्यो खुसी चिन्तामा बदलियो । अत्यधिक रक्तस्राव र प्रसूति जटिलताका कारण रास्कोट अस्पताल गौतसमा भाद्र २ गते भर्ना भएकी उनलाई उपचार सम्भव नभएपछि भाद्र ४ गते रिफर गरे । गाउँपालिका र जिल्ला प्रशासन कालीकोटको पहलमा उनलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल पु¥याइयो ।
‘बच्चा कसरी जन्माउने भन्दा पनि आफू बाँचिन्छ कि बाँचिँदैन भन्ने डरले सताइरहन्थ्यो ।,’ उनले भनिन्, ‘धन्न आफन्त, स्थानीय प्रशासन र सम्बन्धित निकायको समन्वयमा उद्धार पछि मैले नयाँ जीवन पाएँ ।’ अहिले उनीर बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । ‘परिवारले सामन्य ठानेको थियो ।’ उनका पती नहकुल सिम्खाडाले भने ‘दुैवै जनाको ज्यान बाचेपछि खुसी छु ।’ उनले थपे ‘सरकारले अहिले पनी बाटोमै बच्चा जन्माउन बाध्य महिला तथा दुर्गमका स्वास्थ्य संथामा स्वास्थ्य उपकरण तथा विषेशज्ञ डाक्टर खटाउन आवश्यक छ ।’
उनीहरु जस्तै कम उमेरमै विवाह र गर्भधारणका कारण ज्यानै जोखिममा परेका किशोरी आमाको संख्या ठूलो छ । प्रदेश अस्पतालको तथ्यांकअनुसार हेलिकोप्टरबाट उद्धार गरिएकामध्ये २० प्रतिशत आमा २० वर्षमुनिका छन् । सानै उमेरमा विवाह र गर्भवतिका कारण किशोरी आमाहरूको ज्यानै जोखिममा पर्ने गरेको प्रदेश अस्पतालका डाक्टर मंगला बुढाले बताए । उनले समयमै उपचार नपाउँदा धेरैको ज्यान गुम्ने गरेको बताए ।
किशोरावस्थामै गर्भवती बनेका धेरैले प्रसूति प्रक्रिया, सम्भावित जोखिम र त्यसका लागि आवश्यक तयारीबारे थाहा नै पाएका हुँदैनन् । त्यसले पनि आमा र शिशुको स्वास्थ्यमा जटिलता निम्तिने गरेको छ । पछिल्लो तिन वर्षमा कालीकोट जिल्लाबाट आर्थिक वर्ष २०८१÷८२ मा १५ वटा आर्थिक वर्ष २०८२÷८३ मा १४ वटा र चालूआर्थिक वर्ष २०८३÷८४ मा हालसम्म ६ वटा गभवतीलाई हेलिकोप्टरबाट उद्धार गरीएको छ ।
प्रसूति अवस्था जटिल भएका, अत्यधिक रक्तस्राव भएका वा स्वास्थ्य संस्थामा पु¥याउन ढिलाइ हुँदा ज्यान जोखिममा पर्ने अवस्थाका महिलाको तत्काल उद्धार गरीने गरेको कालीकोटका प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टाराईले बताए । हिमाली र पहाडी क्षेत्रका दुर्गम बस्तीबाट स्थानीय स्वास्थ्य संस्थासम्म पुग्न निकै कठिन छ । त्यस्तो अवस्थामा उद्धारका लागि हेलिकोप्टर नै अन्तिम भर बन्ने गरेको उनले बताए । तर कहिलेकाहीं मौसम खराबीका कारण हेलिकोप्टर समयमा आइपुग्दैन । उद्धारमा ढिलाइ हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गर्छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको समन्वयमा उनको हवाई उद्धार गरिएको हो । मन्त्रालयले दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्या भएका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गर्दै आएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ दुर्गम तथा यातायातको पहुँच नपुगेका स्थानका स्थानीयका लागि जीवनरक्षक कार्यक्रम बनेको छ । विशेषगरी गर्भवती तथा सुत्केरी अवस्थामा जटिलता देखिएका महिलाको आकस्मिक उद्धार गरी समयमै अस्पताल पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
छिल्लो समय हवाई उद्धारलाई प्रतिष्ठाको विषयसमेत बनाउन थालिएको सरोकारवालाहरूको बुझाइ छ । हवाई उद्धारलाई शक्ति र पहुँच प्रदर्शनका रूपमा लिने गरेकाले उद्धार गर्दागर्दै आमा र बच्चाले अकालमा ज्यान गुमाउनु परिरहेकोे जिल्ला अस्पतालमा कालीकोटका डा. रत्नवीर सुनारले बताए ।
‘जिल्ला अस्पतालसम्म पु¥याउँदा सुत्केरी गराउन सकिने स्थितिमा पनि हवाई उद्धारमा कसको कति पहुँच छ भन्ने प्रतिस्पर्धा र प्रतिशोधको भावनाले ढिलाइ भएर ज्यान गइरहेको छ,’ उनले भने । अति जोखिमको अवस्थामा बाहेक दक्ष जनशक्ति, बर्थिङ सेन्टरलाई पहुँचयुक्त, सुविधा सम्पन्न बनाएर गाउँमै सुत्केरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उनको भनाई छ । सानै उमेरमा बच्चा जन्माउनेहरुको संख्यामा समेत कमी नआएको उनको भनाई छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय स्वास्थ्य संस्थाको सिफारिसका आधारमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाली सेनालाई उद्धारका लागि खटाउने गरेको छ । काठमाडौंस्थित मिड एयर बेस र सुर्खेतस्थित पश्चिम एयर बेसबाट सुत्केरी महिलाको उद्धार गरिँदै आएको छ । निःशुल्क हवाई उद्धार सेवा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा, अछाम र दार्चुलामा लागू छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेर पायक पर्ने तोकिएको अस्पताल पु¥याउने गरिएको छ ।
तस्विरहरु



karnalipress
२८ कार्तिक २०८३, शुक्रबार १८:०७