किसानको बेसारले पाएन बजार

ललित बिष्ट चैत्र,२५,कालिकोट कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ९ का प्रभाखर वरालले सदरमुकाम मान्ममा सञ्चालन गरेको होटल ब्यवसाय छोडेर गाउँ गए र तरकारी खेतीमा जुटेरै लाग्नुलागे वरालले आफ्नो जमिनसंगै अरुको जमिन पनि भाडामा लिएर बेसार खेती गरे । सुरुमा थोरै अर्थात एक दुई कुइन्टल बेसार खेती गरेका वरालको सबै घरवाटै बिग्री भयो ।

आम्दानी पनि राम्रो भयो । बेसार खेतीले राम्रो आम्दानी पनि हुने र धेरै दुख पनि गर्नु नपर्ने भएपछि गत वर्ष बरालले धेरै बेसारको खेती गरे । कर्णाली करिडोरको छेउमा भएकाले यता बिग्री नभएपनि बाहिरको ब्यापारी आएर खरिद गर्छन भन्ने बिश्वास वराललाई थियो । तर उनले सोचे भन्दा फरक हुदा अहिले वारीमा थन्कीएको बेसार हेदै चिन्तीत बनेका छन् । वाहिरका कुनै पनि ब्यापारी नआउदा वारीमै बेसार थन्कीएको वरालको भनाई छ ।

‘मैले यस्तो होला भनेर कति पनि कल्पना गरेको थिएन् सडकको छेउमै घर छ , अलि माथि लगाएको बेसार पनि भरीया लगाएर यतै जम्मा गर्ने र वाहिरको ब्यापारी, स्थानीय सरकारले खरिद गरिहाल्छन भन्ने बिश्वास थियो । अहिले आयर न त वाहिरको ब्यापारी आएर बेसार खरिद गर्छन, न त स्थानीय सरकारले कुनै चासो दिन्छ । वारी भरी बेसार खनेर थुप्रो पारिएको छ ।

आकाशमा वादल आउछ । पानी परेको खण्डमा बेसार पुरै कुईने त्रास पनि उतिकै छ ।’ त्यसैले म सस्तो मुल्य पाएपनि दिने मुडमा छु । बेसार ब्यवसायी प्रभाखर वरालले सुनाए । वरालको सिको गरेर भात्तडीका अरु किसानले पनि बेसार खेती गरेका छन । वरालको मात्र एक हजार कुईन्टल बेसार खनेर वारीमा थुपारीएको छ ।

अरुले पनि आ–आफ्नो वारीमा जम्मा परेका छन । तीन जना किसानको मात्र झण्डै तीन ट्क बेसार रहेको वरालको भनाई छ । हामी त निकै समस्यामा छौं । यतिका धेरै बेसार कसरी बिकाउने । अब केही दिनमा धान खेती गर्नु पर्छ । यो समय गँहु भित्राउने समय छ । धुलो पार्नका लागि पनि मेसिन छैन ।

त्यसैले यो वर्षको लगानी खेर जाने चिन्ताले निन्द्रापनि लाग्न छोडेको किसानको भनाई छ । उनिहरुले स्थानीय सरकारले खरिद गरेर सबै किसानलाई अनुदानमा बिउ बितरण गरेको खण्डमा आफुलाई राहत हुने बताउदै आएका किसानलाई अहिले वास्था नगरि स्थानीय सरकार कोही चुनावको तारतम्बेमा त कोही आफ्नै ब्यस्ततामा छन । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले भने आफुले योजना बनाईरहेकाले किसानको वारीको बेसार नगरपालिकाले खरिद गर्ने बताए । उनले आफु अहिले ब्यस्त छु । केही दिनमा किसान खुसि भएको खवर पाउनु हुन्छ नगरप्रमुख वरालले भने ।