इन्जिनियर,छाेरा र आमा महाधिवेशन प्रतिनिधि

कालीकाेट। इन्जिनियर,छाेरा र आमा महाधिवेशन प्रतिनिधिमा  निर्विरोध भएका छन् । नेेपाली कांग्रेस कालीकाेटकी महिला नेत्रि यशोदा शाही पार्टीको लागि धेरै याेगदान गर्ने महिला हुन् ।

उनले नेपाली  कांग्रेसकाे   १२औं महाधिवेशनकाे प्रतिनिधि,१३औं महाधिवेशनकाे प्रतिनिधि  तथा पार्टी  सचिव,१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएको मा १५ औं महाधिवेशनमा उनी र  इन्जिनियर छाेरा निराजन शाही महाधिवेशन प्रतिनिध भएका छन् ।

उनका छाेरा इन्जिनियर निराजन शाही नेपाली कांग्रेस कालीकोटबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् । उनि लामाे समयदेखि कालीकोटमा इन्जिनियरिङ पेसामार्फत सेवा गर्दै आएका जेन्जी युवा हुन् । पार्टीमा  युवा सहभागीतालाई मध्यनजर गरि प्रतिनिधि बनाइएको छ।