
ललित विष्ट असोज २६,कालिकोट । कालिकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लागि मनोनयन दर्ता गराएका कालिकोटका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
मुख्य निर्वाचन कार्यालयका नासु श्यामबहादुर शाहीका अनुसार प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका दुई जना र प्रदेश सभा तर्फका ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका स्वतन्त्र उमेरद्वार लच्छु चौलागाईं र
जन समाजवादी पार्टीका हरि बहादुर बोहोराले उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै प्रदेश सभा सदस्यका लागि प्रदेश निर्वाचन क्षेत्र ९१० बाट स्वतन्त्र उम्मेदवारी दिएका टेकराज शाही,मनराज शाही,र ९२० बाट स्वतन्त्र उम्मेदवारी दिएका,धनबहादुर बटाला,मानबहादुर भण्डारी,तुलाराज सिम्खाडा, र जन समाजवादी पार्टीका हिक्मतबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका हुन्।
अब कालिकोटमा प्रतिनिधि सभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही,एमालेबाट नगिन्द्र शाही, स्वतन्त्रबाट काशिचन्द बराला,धनबहादुर बुढा,खड्गराज शाही,धनप्रसाद पाण्डे र पखंबहादुर बिष्ट बीच प्रतिस्पर्धा हुने छ।
यस्तै प्रदेशतर्फ ९१०मा गठबन्धनबाट दुर्गबहादुर रावत,एमालेबाट कुर्मराज शाही,राप्रपाबाट सुर्यबहादुर शाही,नेमकिपाका रबिन्द्रबहादुर शाही छन्।
क्षेत्र ९२०मा गठबन्धनबाट कांग्रेसका हिक्मतबहादुर बिष्ट,एमालेका बिरेन्द्रबहादुर बोगटी,एकिकृत समाजवादिका बिश्वराज बम,नेमकिपाका जनकबहादुर बिष्ट,नेपाली कांग्रेस बिपिबाट कर्णबहादुर बिष्ट,र स्वतन्त्रबाट लक्ष्मण बहादुर बमको,उम्मेदवारी छ।आजै निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारीलाई चुनाव चिन्ह दिएको जनाएको छ।



karnalipress
२६ आश्विन २०७९, बुधबार १९:२६