देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मीले सपथ लिंदै

भाद्र २,काठमाण्डाै। अन्ततः वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएकाे छ । याेसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएकाे छ ।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि आजै शाक्य वाग्मती प्रदेशकाे एमाले संसदीय दलको नेतामा चयन हुनुभएकाे थियाे । वाग्मती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले राजीनामा दिएपछि शाक्य नियुक्त हुनुभएकाे हाे ।

उहाँ देशकै पहिलो महिला मुख्यमन्त्री बन्नु भएको छ। शाक्यको ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।