
फागुन ११,कालीकोट । कालीकोट जिल्लाको सदरमुकाम अर्थात वजार क्षेत्रको सडक आरसिसि गर्ने क्रम जारी रहेको छ । वजारलाई सफा राख्न सडकलाई आरसिसि गर्ने काम भएपनि आरसिसि गुणस्तरहिन हुदा थप वजारको सडक जोखिम वनेको छ । सडकको आरसिसि सहरी बिकास कार्यक्रम जुम्लाको लगानीमा भईरहेको छ ।
कार्यालयले ठेक्का आवाहान गर्ने र स्थानीय निमार्ण ब्यवसायीले काम गर्ने कार्यालयका प्राबिधिकले क्वान्टीटी पुगाउन मात्र ध्यान दिदा सडक निकै जोखिम वनिरहेको छ । सहरी बिकास कार्यालयका प्राबिधि चन्द खड्काले मनोमानी काम गराउदा यस्ता समस्या आएको स्थानीयको भनाई छ । मान्म वजारका स्थानीय नरेन्द्रप्रसाद न्यौपानेले जहाँवाटो छ त्यहाँ नहेर्ने आजभोली चलनचल्तीको वाटोमा आरसिसि गर्दा जग्गा धनी पनि असन्तुस्ट भएको वताए । सडक कहाँ छ भनेर नक्सा हेरिएको छैन । जहाँ अहिले सानो वाटो छ उसैमाथि आरसिसि गरेर विल मिलाउने काममा कार्यालयको प्रमुख भुमिका भएको न्यौपानेको आरोप छ ।
कार्यालयले जता सजिलो ठाउँ छ त्यतै सडक आरसिसि गर्न निमार्ण ब्यवसायीलाई लगाउने गरेको छ । आजभोली जारी काममा पनि मुल वजारको सडकलाई आरसिसि गर्न छोडेर कोटदरवार क्षेत्रमा आरसिसि गर्न लगाएको छ । वजारमा गएिको आरसिसि पनि गुणस्तरको छैन । सडक आरसिसि गर्दा सडकमा पर्खाल लगाउनु पर्ने हो । तर त्यसो नगरी माटो माथि आरसिसि गरेर सडकलाई घरको ल्यान्टर गरेजस्तै गरिएको छ । पर्खाल नहुदा सडक मुनि पुरै ओडार वनेको छ भने माथिवाट गाडी सञ्चालन गर्दा सडक भत्कीएर दुर्घटना हुने खतरा छ ।
केही दिन अगाडी वालुवा ल्याएर आएको टिपर सडक भासिदा ठुलो दुर्घटनावाट जोगिएको थियो । सडक भासिदै गर्दा टिपर चालकको समाधानीले गर्दा मात्र जोगिएको थियो । वालुवा ल्याउने रमित मल्लले कम्जोर सडकका कारणले टिपर कर्णालीमा पुग्नवाट झण्डैले जोगिएको सुनाउनुभयो । यदी चालकले समाधानी नअपनाएको भए टिपर सहित चालक कर्णाली नदीमा पुग्ने थिए । कोटदरवार जाने सडक आरसिसि नामको मात्र छ । वोलेरो गाडी मात्र त्यो पनि ठाउँ च्यापेर चलाएमा मात्र चल्न सक्ने अवस्था त ।
सडकको ढिलमा पर्खाल नलगाएका कारणले गाडीको टायर त्यहाँ पुग्ने बितिकै भत्कीने खतरा छ । सहरी बिकास कार्यालयका प्राबिधिक चन्द्र खड्काले त्यो कुरा पटकै सुन्नु भएको छैन । अरु प्राबिधिकको कुरा पनि उहाँले नसुनेको गुनासो छ । कार्यालयको हर्ताकर्ता नै उनि भएकाले उनले जे भनेपनि हुने गरेको छ । तर कालीकोटका नागरिकले वजेट खर्च अनुसारको काम पनि राम्रो हुनु पर्ने माग गदै आएका छन । यस भन्दा अगाडी कम गुणस्तर समानको प्रयोग र सडकमा पर्खाल नलगाएका कारणले सडक जोखिममा भएको समाचार मिति २०७६ साल पुस ४ गते समाचार प्रकाशित भएपछि सो सडक पुन मर्मत भएको थियो । तर अरु सडक खण्ड मर्मत वनाउने र माटो माथि गरिएको आरसिसि सुधार गर्न तर्फ कार्यालयले ध्यान दिनएको छैन । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले आफुले कार्यालय संग जानकारी माग्ने वताए ।



karnalipress
११ फाल्गुन २०७८, बुधबार १३:०३