निरु विक हत्यका दोषि पत्ता लगाउन दलित अधिकारकर्मीको माग

कालीकोट। खाँडाचक्र नपा–६ दाँहाका १६ वर्षीया निरु विकको घटनामा संलग्न  दोषी पत्ता लगाउन दलति अधिकारकर्मीले माग गरेका छन् ।

सुक्रवार घटनाको अनुसन्धान फितलो भएको भन्दै निष्पक्ष छानविनकालागि अधिकारकर्मी एवं दलित अधिकारकर्मी बाले  बित्रश्वकर्मा,रमेश नेपाली, पुनम विश्वकर्मा,लालविरे गोराल, निलो तिरुवा,बसन्त सुनार लगाएतले जिल्ला प्रशासन कार्यालय कालिकोटलाई संयुक्त ध्यानकर्षण पत्र बुझाएका हुन्।

 खाँडाचक्र नपा–६ दाँहाका रत्ने नेपालिकी  १६ वर्षीया छोरी निरु बिकको भाद्र ७ गते मकै वारीमा मृत्यु भएको अवस्थामा शव भेटिएकाे थियो।बलात्कार पछि हत्या भएकाे आशंका गरीएको घटनाको बारेमा अनुसन्धानगरी दोसीलाई कार्बाही गर्न ध्यानकर्षण पत्र मार्फत  माग गरीएको छ।