खाँडाचक्रको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघ कालिकोटकाे माग

ललित बिष्ट भाद्र ९,कालिकोट। जिल्लाको खाडाचक्र नगरपालिका वडा नं ६ दाहाको गोराल बाडामा १६ बर्षिय बालिकाको शव मकैवारिमा भेटिएको घटनाको अनुसन्धान गरी दोसीलाई कार्बाही गर्न राष्ट्रिय युवा संघ नेपाल कालिकोट र अखिल नेपाल महिला संघ कालिकोट शाखाले प्रेस बिज्ञाप्ति  निकालेर कार्बाहीको माग  गरीएको छ।

बुवा रत्ने नेपालीको   १६ बर्षिया छोरी निरु विश्वकर्माको शव  गएको भाद्र ७ गते आफ्नै घर नजिक मकैबारीमा फेला परेको थियो। जुन घटना बलात्कार पछि हत्या भएको आशंका गरिएको हुदा घटनामा संलग्न दोसीलाई कार्बाहीको माग प्रेस बिज्ञाप्ति मार्फत गरीएकोअनेम संघ जिल्ला कमिटि अध्यक्ष सुभद्रा सिंहले जानकारीदिनु भयो।