सुय चिन्ह बाट निर्वाचितले एसमा लागे भविश्य सकिने छः मेयर पाण्डे

भाद्र २१,कालिकोट। खाँडाचक्र नगरपालिकाका मेयर जसिप्रसाद पाण्डेले सुय चिन्ह बाट निर्वाचित भएका नेता एकिकृत समाजवादीमा लागेमा उनिहरुको भविश्य सकिने बताउनु भएको छ।

माधव नेपालले नेतृत्व  गरेर दर्ता गरेको पार्टी एकिकृत समाजवादीमा सनाखत गर्नु भनेको राजनिति जिबन समाप्त पार्नु जस्तै हुने बताउदै माधव नेपालले गर्दा आफ्नो पार्टी एमालेमा कुनै पहिरो नगएको बताउनुभयो ।नेकपा एमाले कालिकोटको अगुवा जिल्ला भेलामा बोल्दै मेयर पाण्डेले यस्तो बताउनु भएको हो।