निर्वाचनमा बिजयी भए गाउँमा सिंहदरबारकाे महसुस गराउनेछुः नेता उपाध्याय

चैत २९,कालिकाेट। नेपाली कांग्रेसका युवा नेता संकरप्रसाद उपाध्यायले आगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा बिजयी भए गाउँमा सिंहदरबार आएकाे महसुस गराउने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट तिलागुफा नगरपालिकाकाे मेयरमा सर्बसहमत रुपमा उम्मेद्वार सिफारिस भएपछि उनले स्थानिय सरकारकाे पहिलाे कार्यकालमा विभिन्न समस्या र चुनाैतिका कारण नागरिकले गाउँमा सिंहदरबार आएकाे अनुभूति गर्न नपाएकाे भन्दै उनले यस्ताे बताएका हुन् ।

नेपाली कांग्रेस कालिकाेटका निबर्तमान उप-सभापति तथा हाल महाधिवेशन प्रतिनिधि समेत रहेका नेता उपाध्यायले तिलागुफा नगरवासीका आबश्यकता र अपेक्षा सम्बाेधन गरि गाउँमा सिंहदरबार आएकाे अनुभिति गराउने आफ्नाे पहिलाे प्रतिबद्वता रहेकाे बताए । उनले भने, स्थानिय सरकार जनताकाे घर आंगनकाे सरकार हाे । बिगतमा नागरिकहरु टाेलमा खानेपानीकाे समस्या हुदा सिंहदरबार याेजना माग्न जानू पर्ने समस्या थियाे । अहिले आफ्नाे पालिकामा पुगे हुन्छ ।

स्थानिय सरकारले नागरिक र सरकार बीचकाे दुरि घटाएकाे छ । जनताकाे आगनकाे सरकारले हरेक नागरिकसँग जाेडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, उर्जा, राेजगारी सिर्जना, पर्यटन प्रबर्द्वन जस्ता आधारभुत आबश्यकता पूरा हुने गरि काम गर्नु पर्छ ।युवा पुस्ताका लाेकप्रिय नेता उपाध्यायले तिलागुफा नगरपालिकाकाे समग्र विकास र समृद्विकाे अधुराे सपना पनि पुरा गर्ने अवसर आएकाे बताए । उनले भने, मलाई नेपाली कांग्रेसले २०७४ सालकाे स्थानिय तहकाे निर्बाचनमा पनि तिलागुफा नगरपालिकामा जनताकाे बीचमा जाने अवसर दिएकाे थियाे । तर प्राबिधिक कारण मैले त्याे निर्बाचनमा जनताकाे सेवा गर्ने अवसर पाईन ।

तिलागुफा नगरवासीलाई सेवा गर्ने र तिलागुफाकाे समग्र विकास र समृद्विका लागि मैले देखेकाे सपना अधुरै थियाे । फेरि पनि काँग्रेसले मलाई आगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्बाचनका लागि उम्मेद्वार सर्बसहमत छनाेट गरेकाे छ । २०७४ सालमा अधुराे रहेकाे तिलागुफाकाे विकास र समृद्विकाे सपना २०७९ सालपछि पूरा हुदैछ ।

उनले भने, नेपाली कांग्रेस जस्ताे गर्मिलाे ईतिहास बाेकेकाे लाेकतान्त्रिक पार्टीले समयमै सर्बसहमत रुपमा उम्मेद्वार छनाेट गर्नु मेराे बिजयकाे पहिलाे आधार हाे । तिलागुफा नगरपालिकाका ११ वटै वडाबाट आम नागरिकहरुकाे माया, ममता, सद्भाव र उत्साह मेराे बिजयकाे दाेस्राे आधार हाे । जनता सार्बभाैँम हुन् ।

जनताले आफ्नाे सेवक कसलाई बनाउने आफै निर्णय गर्छन । २०७४ सालबाट जनताकाे अदालतमा निरन्तर उभिरहेकाे छु । आशा छ, २०७९ साल बैशाख ३० गते न्याय पाउछु ।नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्बाचनका लागि तिलागुफामा मेयरका लागि संकरप्रसाद उपाध्याय र उप-मेयरका लागि बसन्ति सिंह शाहीलाई सर्बसहमत रुपमा उम्मेद्वार छनाेट गरि सिफारिस गरिसकेकाे छ । जिल्लाका अन्य ८ पालिकामा पनि सर्बसहमत उम्मेद्वार छनाेट गर्नका लागि छलफल भईरहेकाे छ ।