
श्रावण १०, कालीकोटः मुख्यमन्त्री रोजगार कार्यक्रममा चरम अनियमितता भएको पाइएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ मा मुख्यमन्त्री रोजगार कायक्रममा चरम अनियमितता भएको हो ।
नहररिनाथ गाउँपालिकामा जम्मा ५५ लाख रुपैया मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित गरिएको थियो । स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा लार्खौ रकम अनियमितता भएको भन्दै नागरिकले आन्दोलित भएका थिए । वडा नं ५ का वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) र केही प्राविधिक मिलेर लाखौ रकम अनियमितता गरेको स्थानीय नागरिकको आरोप छ ।
इलाका प्रहरी कार्यालय कुमालगाउँमा सर्वदलिय बैठक बसाली जनप्रतिनिधि र कर्मचारीले अनियमितता गरेको रकममा छानविन गर्ने निर्णय समेत गरेको थियाे तर आज सम्म पनि खोजि भएको छैन् ।
मुख्यमन्त्री रोजगार कार्यक्रममा जम्मा ५५ लाख रकममध्ये ५१ लाख १७ हजार ९ सय ६० निकासा भएको थियो । सामान खरिदमा ४ लाख ६६ हजार खर्च गरिएको छ। प्राविधिक खर्च भन्दै ५ लाख ५८ हजार रकम अनियमितता गरिएको नागरिकले गुनासो गरेका छन् ।
उपभोक्ता समितिको व्यवस्थापन भन्दै २ लाख ९७ हजार खर्च गरिएको छ । उपभोक्ता समितिको व्यवस्थापन र प्राविधिक खर्चमा अनियमितता भएको वडान ५ एक नागरीकले जानकारी दिए । नेपाल सरकारबाट सेवासुविधा खादै आएका कर्मचारीले प्राविधिक खर्च भन्दै मोटो रकम असुल्न पाईदैन् ।



karnalipress
१० श्रावण २०७८, आईतवार १७:५९