कालीकोट सदरमुकाममा यस्तो छ बन्दको प्रभाव [फोटोफिचर]

कालीकोट। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर कालीकोट जिल्ला भर देखिएको छ।  कालीकोट जिल्लाको मान्ममा बन्दको आंशिक प्रभाव परेपनि कर्णाली राजमार्ग र कर्णाली करीडोरमा बन्दले यातायात ठप्प छन्। सरकारले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा विप्लवका कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको हो।

बजार क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । व्यवसाय भने  खुल्लै छन लामाे तथा छाेटाे दुरीका सार्वजनिक सवारी साधन गुडेका छैनन् । सडकमा निजी सवारी साधन फाटफुट मात्र देखिन्छन् । सवारी साधन नचल्दा यात्रुहरूले सास्ती पाएका छन् । जिल्लाका शैक्षिक संस्था तथा वित्तीय क्षेत्रमा पनि बन्दको असर परेको  प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सुचना अधिकारी भुपेन्द्र शाहीले जानकारी दिनुभयो।