जन्ताले फेरी मेयर बनाउन्छनः पुर्व मेयर पाण्डे

बैशाख १३,कालिकोट।  कालिकोट खाँडाचक्र नगरपालिकाका पुर्व मेयर जसिप्रसाद पाण्डेले फेरीपनी जन्ताले यही ठाउँमा ल्याउने बताएका छन । मेयर पाण्डेलाई नगरपालिकाले गरेको बिदाई कार्यक्रममा यस्तो बताएका हुन । नेकपा एमालेबाट पुनः खाँडाचक्र नगरपालिका मेयरका उम्मेदवार बनेपछी पाण्डेले आफ्नो कार्यकाल नसकिदै राजिनामा दिएका थिए ।

बिदाई कार्यक्रममा मेयर पाण्डेले भने, कर्मचारी राज्यको स्थायी कर्मचारी हो हामि भनेका जन्ताले चुनेका जनप्रतिनिधि हौँ, एक महिना सम्म कर्मचारीको जिम्मा नगरपालिका छोड्दै एक महिना फेरी जन्ताको बिचमा गएर जन्ताले ल्याउने छन । त्यहाँ सम्म जन्तानको काम राम्रो संग गर्नु होला भन्दै बिदाई भिएका थिए । पाँच वर्षसम्म गरेका कामहरुको समिक्षा तथा परिणाम जन्ताले दिने बेला आएको छ ।

उनले भने केही अधुरा कामहरु पुरा गर्नका लागी फेरीपनी यही ठाउँमा पार्टीले पठाएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र श्रेष्ठले कर्मचारी राज्यको स्थायी संगठन हो। यसमा जन्ताले चुनेका जनप्रतिनिधि जो कोही आएमा हामिले स्वागत गर्नेैछौँ । खाँडाचक्र नगरपालिकाका मेयरमा उठेका सवै उम्मेदवारलाई कर्मचारीले जितको शुभकामना दिउका थिए ।