राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाकाे भेटे

काठमाडौं, २२ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेका छन् । आज साँझ देउवाले भण्डारीलाई भेटेर पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर कुराकानी गरेको बुझिएको छ ।

देउवाले भण्डारीसँग एक घन्टा भेटवार्ता गरेका थिए । भेटमा राजनीतिक सम्भावनाहरुबारे पनि कुराकानी भएको बुझिएको छ ।

देउवाले प्रतिनिधिसभाको अवरोध खुलाउनेबारे भण्डारीको सहयोगको अपेक्षा राखेको बुझिएको छ । संसदको नियमित कामकारबाही अगाडि बढाउनेबारे पनि देउवाले भण्डारीसँग सल्लाह मागेका थिए ।

विश्वस्त स्रोतका अनुसार संसदमा अगाडि बढाउने भनिएको एमसीसीबारे पनि छलफल भएको बुझिएको छ । एमसीसी यथास्थितिमा बढाउने पक्षमा सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एस र जनमोर्चा नेपाल तयार छैनन् । काँग्रेस भने एमसीसी पास गर्ने पक्षमा छ । नेकपा एमाले भने गठबन्धनको निर्णय कुरेर बसेको छ ।