विद्यालयको भवन जोखिममा मर्मत कार्यमा वडाध्यक्षको सक्रियता

असार ३,मान्म । कालिकोटमा वर्षासँगै आएको पहिरोका कारण चिनारी आधारभुत विद्यालयको भवन जोखिममा परेको छ।

कक्षा १ देखि ३ सम्म पढाई हुदै आएको खाँडाचक्र नगरपालिकाको वडा नम्बर १ को चिनारी आधारभुत विद्यालय जोखिममा परे पछी वडाध्यक्ष धर्मराज टमट्टाले सक्रियतामा मर्मत सुरु गरिएको छ।

  वडा नम्बर १ को उक्त दलित बस्तीको विद्यालयको भवन मर्मतमा वडाध्यक्ष धर्मराज टमट्टाको पहलमा काम गरीरहेको मर्मत कार्य सुरु गरिएको छ।