आठबिस नगरकार्यपालिकाले पायो पुर्णता

जेठ १४,कालिकोट। दैलेखको आठबिस नगरपालिकाले नगरकार्यपालिका पुर्णता पाएको छ । स्थानिय तहको निर्वाचन २०७९को निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएपछि निर्वाचित जनप्रनितिनिधिहरु मध्येबाट तथा पार्टीबाट छनौट गरिएका उम्मेद्धारहरुको कार्यपालिका निर्वाचनबाट आएका सदस्यहरुले कार्यपालिकाले पुर्णता पाएको हो।
जिल्लाका अन्य पालिकाहरुमा आउदो जेठ १६ गते कार्यपालिका निर्वाचन तय गरिएको छ । तर आठबिस नगरपालिकाले सबैभन्दा छिटो कार्यपालिका निर्वाचन बाट कार्यपालिकालाई पुर्णता दिएको छ ।
हामिले कार्यपालिकालाई पुर्णता दिएका छौँ जुन जिल्लाकै पहिलो पालिकाको रुपमा रहेको छ , अब यसै गरि विकास निर्माण र सहकार्यमा पनि आठबिस जिल्लाकै पहिलो पालिकाको रुपमा हुने आठबिस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाहीले बताए ।

निर्वाचित जनप्रतिनिधिहरुबाट ५ र खुल्ला ३ गरेर जम्मा ८ जनालाई कार्यपालिका निर्वाचनबाट छनौट गरिएको छ ।
कार्यपालिकाको विवरण ।
तर्क बहादुर बडुवालः नगरप्रमुख
कल्पना थापाःनगर उपप्रमुख
बम बहादुर रावतः वडा नं.१ वडाध्यक्ष
कलम कामीःवडा नं. २ वडाध्यक्ष
नगेन्द्रराज कार्कीः वडा नं. ३ वडाध्यक्ष
टेक बहादुर माझीःवडा नं. ४ वडाध्यक्ष
बजिरसिंह विकः वडा नं. ५ वडाध्यक्ष
नवराज शर्माः वडा नं. ६ वडाध्यक्ष
जैसिंह कठायतः वडा नं. ७ वडाध्यक्ष
अदल शाहीःवडा नं. ८ वडाध्यक्ष
शेर बहादुर सिजापतिः वडा नं. ९ वडाध्यक्ष
अन्य सदस्यहरु
बिरेन्द्र माझी
हरिकला माझी
खजुरा भण्डारी
बिर बहादुर नेपाली
सेतु नेपाली
तारा विश्वकर्मा
बिमला विक
दयाराम विक