
ललित विष्ट,कालीकोट ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका तथा समुदायको मुद्दाका विषयमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । कालीकोटमा आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका तथा समुदायका मुद्दाका विषयमा शिक्षकहरुलाई मनोवैज्ञानिक विधिहरु बारे अभिवृद्धि गरिएको हो ।
सहभागीहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका तथा समुदायको हकहितको लागि सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । सामाजिक जागरण तथा विकास प्रतिष्ठान ९सादा नेपाको ‘रंगिन परियोजना’ कार्यक्रम अन्तर्गत आयोजित छलफलमा विश्वव्यापी रुपमा उठिरहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक हितका मुद्दाहरुमा सरकारले तदारुकता नदेखाएको आवज उठेको थियो । सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र समुदायको मुद्दालाई समेट्नुपर्ने सहभागीले बताएका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका,समुदायको मुद्दालाई ओझेलमा पारिएको पिङ्खगलादेवि मावि विद्यालय रास्कोटका शिक्षक बेदप्रसाल बरालले बताए । क्षमता विकास तथा समावेशी शिक्षा हासिलगर्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाहरु महत्त्वपूर्ण रहेकोे उनको भनाई छ । कालीकोट जिल्लाको रास्कोट नगरपालिका र शान्नित्रिवेणी गाउँपालिकाका शिक्षाकहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र समुदायकालागि मनोवैज्ञानिक विधिहरुमा छलफल गरिएको छ ।
लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार,खेप्नुपरेको हिंसा,सम्बन्धित मुद्दाहरु, वैवाहिक समानता,शिक्षा लगायतको बारेमा प्रष्ट पारेको सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालीकोटका जिल्ला संयोजक दलसिंङ कुमालले बताए । उनले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा पछिल्लो समयमा हिंसा बढ्ने क्रम रहेको हुँदा त्यसको क्षेत्रमा सबैले संवेदनशील हुनुपर्ने कुरामा विशेष जोड दिए



karnalipress
१४ बैशाख २०८३, सोमबार ०६:२१