
२२पुस,कालीकोट। नेकपा एमालेको दशौ जिल्ला अधिवेशन सफल पार्न युवा संघ नेपाल र अनेरास्वयूको आयोजनामा कालीकोटमा वुहत मोटरसाईकल ¥यालि गरीएको छ । मान्मको प्रतिमाचोकबाट सुरु गरीएको मोटरसाईकल ¥यालि बचार परीक्रर्मा हुदै तल्लो रोड वाट एमाले पार्टी कार्यालयमा पुगेर सम्पन्न भएको हो।
पुस २४ गते हुने एमाले कालिकोटको दशौ जिल्ला अधिवेशन भब्य रुपमा सफल पार्न एमाले अधिबेशन प्रतिनिधि, नेता कार्यक्रता र अन्य सुभेच्छुकहरु सदरमुकाम मान्म पुगीसकेका छन । अधिवेशनमा सर्व सहमत नेतित्व चयन गर्न बरिष्ठ नेताहरु छलफलमा जुटेको नेकपा एमाले कालीकोटले जनाएको छ।
कार्यक्रताहरु बजारमा विभिन्न बहस तथा छलफलमा देखीन्छन । एमाले अध्यक्षका लागि ५ जना र अन्य पदाधिकारीका लागी युवाहरु आकांक्षी देखीएका छन । कार्यक्रममा युवा संघ नेपाल र अनेरास्वयू कालीकोटका युवाहरुको सहभागिता रहेको थियो।




karnalipress
२२ पुष २०७८, बिहीबार १९:०९