काठमाडौँ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विरोधमा प्रदर्शन गरेका युवाहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमारसहितको पुत्ला जलाएका छन् ।
एमसिसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र उनीहरुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् । भेटवार्ताको क्रम चलिरहेका बेला प्रदर्शन भने रोकिएको छैन ।
युवाहरुले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालय परिसरमा प्रधानमन्त्री देउवा, एमसिसी उपाध्यक्ष सुमार, एमसिसीको पक्षमा रहेका जसपा नेता डा. बाबुराम भट्टराईसहितको पुत्ला दहन गरेका हुन् ।
नेपाल भ्रमणमा रहेकी सुमारले बिहीबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसापका नेताद्वय उपेन्द्र यादव र डा. भट्टराईसहितलाई भेटेकी थिइन् ।
उनले शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री देउवासहितलाई भेट्ने कार्यक्रम छ ।by-deshsanchar
karnalipress
२५ भाद्र २०७८, शुक्रबार ११:२४