
ललित विष्ट
पुस २३,कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका—८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो । घासपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैंका लागि अस्ताए । दैनिक ज्यालादारी गरेर परिवारमा जीविको पार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो वज्रपात आइलाग्यो ।
यसैपनि दैनिक जीवनयापन गर्न समेत कठिनाई भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यतिबेला ठुलो वज्रपात आइलागेको छ । उनको निधनपछी ३ सन्तान र एक श्रीमतिको बिचल्ली भएको छ । परिवारमा आर्थिक अवस्था कमजोर भएपछी तिन सन्तानको बिचल्ली भएको हो ।
उनकी २१ बर्षीया श्रीमति पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कजोर भएपछी किरिया खर्चको पनि अभाव भएको छ । ३ सन्तानको भविष्य पनि अन्धकार छ । मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
घरमा ३ बच्चा छन् । उनीहरुको अहिले बिचल्ली भएको छ । उनीहरुको पालन–पोषण र पढाई खर्च जुटाउने अब कोही छैन। पिरिङकाले भनिन् । ‘आफैलाई कसले सम्हाल्ने भन्ने बेलामा ती तिन अवोध बालकहरुको जिम्मेवारी काँधमा थपिएको छ । गरि खाने खेतबारी पखेरो छैन । हुँदो हो पनि गरिखाने मान्छे नै दैवले खोस्यो ।’ अव यो परिवारमा आईपरेको वज्रपातले सिगों गाउँ नै पीडामा रहेको छ। घरका मान्छेकै मृत्यु भएपछि अब यी बालकहरुको रेखदेख कसले गर्ने भन्ने भएको छ । अर्को तर्फ आर्थिक अभाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पिरलो पनि थपिएको छ ।
घरमा खाने अन्न छैन्,बच्चाहरुको बिचल्ली हुन नदिन आफुले वडा कार्यालय र गाउँपालिकामा कुरा राखेर सहयोगका लागि सक्दो पहल गर्ने वडा अध्यक्ष लालबहादुर बिष्टले बताए । त्यस्तै उनले देश विदेशमा रहने सम्पूर्ण नेपालीलाई सहयोग गर्न समेत अनुरोध गरे । धेरै थोरै जति भएपनि सहयोग गरेर यी बच्चाहरुको भविष्य उज्यालो बनाउने अभियानमा लाग्न उनले सबैसँग अनुरोध पनि गरेका छन् ।



karnalipress
२३ पुष २०७९, शनिबार १६:०९