
ललित विष्ट असार ८,कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज र अल्लोको कपडा उत्पादन सुरु गरेको छ । गाउँमै पाइने लोक्ता सेतवढु सङ्कलन गरेर कागज र खेर गैरहेका अल्लो सङ्कलन गरी कपडा उत्पान सुरु गरिएको हो ।
नरहरिनाथ गाउँपालिका उद्यम विकास शाखाको दुई लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी नरहरिनाथ–५ मा कागज उद्योग संञ्चालन गरिएको छ,भने वडा नम्बर ४ मा नन्द्रामाता अल्लो प्रशोधन लघुउद्यम समुहले अल्लोको कपडा उत्पादन सुरु गरीएको छ। गाउँपालिकाले तिन वर्ष पहिले देखि प्राथमिक्तामा राख्दै आएको र अहिले उत्पादनमा जोड दिएको छ ।
गाउँपालिको उद्यम विकास शाखाले स्थानीय ११ जनालमई तालिम दिएर अल्लोको कपडा उत्पादन सुरु गेको जनाएको छ । जंङगलमा खेर गैरहेको अल्लोको सङ्कलन गरी,उत्पादन गर्ने मेशिन, औजार, दिएर काम सुरु गरीएको उद्यम विकास शाखाका प्रमुख दिपेन्द्र विष्टले बताए । उनले भने ‘यस पटकको गाउँ सभामा स्थानीय उत्पादन नेपाली कागजबाट बनेको झोला,डायरी,अल्लोबाट बनेको खादा,टोपी र कोटको प्रयोग गर्ने छ । स्थानीय उत्पादनको प्रयोग गरीने छ । ’
बिषेश गरी अल्लोको उत्पादनको लागि टेनर दैलेख बाट र नेपाली कागजको लागी टेनर जाजरकोटबाट बोलाएर उत्पादन सुरु गरेको उनको भनाई छ । गाउँमै उत्पादन हुने कच्चा पदार्थ सदुपयोग हुने र गाउँमै रोजगारी पाउने स्थानीयको भनाई छ ।
नेपाली कागजको लागि गएको वैशाखमा स्थापना गरेको उद्योगले दुई सयभन्दा बढी ताउ कागज उत्पादन गरेको छ । झन्डै पाँच फिट अग्लो हुने लोक्ताको बोट काटेर कागज बनाउन प्रयोग गरिन्छ । काटेको बोट पुनः दोस्रो वर्ष धेरै हाँगासहित पलाउने गर्दछ ।
नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा,ब्रिफ पाउडर र नुरीसमेत खरिद गरी ल्याइएको समितिका अध्यक्ष जसमल बोगटीले बताए । उद्योग सञ्चालनमा आएपछि स्थानीय चार जनाले रोजगारी पाएका छन्। अझै अद्योग सञ्चालनका लागि चाहिने उपकरण अभाव रहेको बोगटीको भनाई छ ।
गाउँमै ४५ दिने तालिम दिएर नेपाली कागज उत्पादन सुरु गरीएको गाउँपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई प्राथमिक्ता दिने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । उनले भने ‘स्थानीय उत्पादनलाई आयस्रोत संगजोड्ने छौं ।’ गाउँमै युवाहरुलाई रोजगारी दिने गरी गाउँ सभामा बजेट ल्याउने उनको भनाई छ ।



karnalipress
८ असार २०८०, शुक्रबार १६:३८