जिल्लामा ५७ औँ वालदिवस विभिन्न कार्यक्रम गरी मनाइयो

भाद्र २९,कालीकोट। जिल्लामा ५७ औँ वालदिवस वक्तित्वकलाको आयोजना गरि मनाईएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको ५७ औँ राष्ट्यि वालदिवस समारोह समितिले कोरोनाको जोखिम कायमै रहेको भन्दै एक बिद्यालयमा वक्तित्वकलाको आयोजना गरी दिवस मनाएको हो ।

५७ औँ राष्ट्यि वालदिवसको अवसरमा खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्लामा क्रियाशिल गैरसरकारी सँस्थाको सयुक्त आयोजनामा महादेव आधारभुत बिद्यालयमा अध्धयानरत वालवालिका बिच वक्तित्वकला प्रतियोगिता गराईएको छ । महाँदेव आधारभुत बिद्यालयमा अध्यानरत छात्रा छात्रलाई मात्र प्रतियोगितामा सहभागी गराईएको थियो । कक्षा ७ र ८ मा अध्यान गर्ने बिद्यार्थी बिचको प्रतिस्पर्धामा कक्षा ८ मा अध्यानरत छात्र महान भण्डारी प्रथम भएका छन ।

प्रतियोगितामा कक्षा ८ मै अध्यानरत छात्रा बिवेक रोकाया दृतिय र कक्षा ७ की रिमा शाही र्ततिय आएका छन । खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खड्क उपाध्यायले छ जना बिद्यार्थीले प्रतियोगितामा भाग लिएका र स्थान ल्याउनेलाई स्टेसनरी पुरुस्कार प्रदान गरिएको वताउनु भयो ।

दिवसको अवसरमा आयोजित कार्यक्रम वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कोरोना महामारीका कारणले वाल दिवसलाई वक्तित्वकला त्यो पनि एक बिद्यालयमा केन्द्रीत गर्नु परेको वताउनुभयो । उहाँले सबै मिलेर कोरोनालाई नियन्त्रण गर्नु अहिलेको मुख्य काम भएको वताउनुभयो । यसै बिच ५७ औँ राष्ट्यि वाल दिवस जिल्लाका अन्य स्थानीय तहमा पनि मनाईएको खवर प्राप्त भएको छ । रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका लगाएतका स्थानीय तहमा पनि दिवस मनाईएको छ ।