
असार १०,कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाले पुर्वाधार केन्द्रीत कार्यक्रम अघि सार्ने भएको छ।
गाउँपालिकाले ११औँ गाउँ सभाबाट पुर्वाधार तथा आर्थिक बिकास र समृद्ध गाउँपालिका निमार्ण गर्ने,स्वास्थ्यलाई गुणस्तरीय बनाउने,शैक्षिक क्षेत्रलाई गुणस्तर र अभिवृद्धि गर्ने, कृषि बिकासकाे लागि रणनीति याेजना बनाउने लगाएतका गाउँसभाको निति तथा कार्यक्रममा समावेश गरिएकाे हाे।
गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने गरि नयाँ योजना गरिने गाउँ पालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट,उपाध्यक्ष कमल कुमार शाह,प्रमुख प्रशासकृय अधिकृत धर्मराज बुढा सबै वडाका वडा अध्यक्ष लगाएको सहभागीता रहेको थियो ।
११औँ गाउँसभा बाट गाउँपालिकाले ५५ करोड ८१ लाख १० हजार विनियोजन गरेकाे छ



karnalipress
१० असार २०७९, शुक्रबार २१:२३