
खडानन्द अधिकारी साउन ३,कालिकोट। जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले चालु आर्थिक वर्ष २०७८/०७९मा १५ लाख ७९ हजार राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कालिकोटले गत आर्थिक वर्ष यात्रुहरु बढी बोक्ने,चालक अनुमतिपत्र विना सवारी साधन चलाउने,बढी भाडा असुल्ने,मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख लक्ष्मिराज जोसिका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९मा कारवाही गरिएका सवारी साधन अनुसार ट्रक ४ सय ५६ मा राजस्व रकम ३ लाख ५८ हजार,बस तथा मिनीबस,३ सय ३५ बाट २ लाख ८८ हजार,कारजिप ५ सय बाट ४ लाख २० हजार ५ सय ,ट्याक्टर १ सय ८ बाट,७९ हजार ५ सय,मोटरसाइकल ३ सय ९७ बाट ,३ लाख १९ हजार र टेम्पो अन्य १ सय ४१ बाट १ लाख १४ हजार गरी जम्मा कारवाही गरीएका १ हजार ९ सय ३७ सवारी साधनबाट १५ लाख ७९ हजार उक्त राजस्व संकलन भएको जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको राजस्व रकम दोब्रले बृद्धि भएको उनको भनाइ छ जोसिका अनुसार अघिल्लो बर्षमा कोभिडका कारण राजस्व रकम कम संकलन भएको उनको भनाइ थियो ।
कालिकोमा तिन वर्षको तुलनामा सवारी दुर्घटनाको अवस्था हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा दुर्घना संख्या १० मृत्यु ८ जना घाइते ६ रहेको थियो भने,आर्थिक वर्ष २०७७/०७८ मा दुर्घना संख्या २८ मृत्यु ६ जना घाइते ४० छ भने आर्थिक वर्ष २०७८/०७९ मा दुर्घटना संख्या ३५ ,मुत्यु ८ जना,घाइते ५५ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटमा अहिले काम गर्न सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख जोसिले बताए । कालिकोट तथा कर्णाली प्रदेशमा बिक्रीयका तथा पुराना सवारी साधन चलाउनाले कर्णालीमा दुर्घटना बढ्ने गरेको स्थानिएको गुनासो छ ।
सरोकार वालाका अनुसार अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नर्गनु,चालकले तीव्र गतिमा सवारी हाँक्नु संकेत नमान्ने,जथाभावी गाडी रोक्ने,सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नु जस्ता कार्यले दुर्घटना बढ्ने गरेका र यसलाइ रोक्न स्थानिएले बारम्बार सम्बन्धित पक्षेलाइ आग्रह समेत गरेको पाईएको छ ।



karnalipress
३ श्रावण २०७९, मंगलवार १६:२२