
चैत्र १९ ,कालिकोट । तिलागुफा नगरपालिका शिक्षा युवा तथा खेलकुदशाखाको आयोजना र सेभ द चिल्डेन र किर्डाक नेपालको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजनाको आर्थिक सहयोगमानगरपालिका स्तरीय विद्यालय शान्तिक्षेत्र बिषयक एक दिने समिक्षा बैठक संचालन भएको हो । नगरपालिकाका कार्यबाहक उपप्रमुख तिलकन्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुखअतिथी तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद चौलागाई रहनु भएकोथियो ।
कार्यक्रममा नेकपा एमाले,नेकपामाओवादी केन्द्र, नेपालीकाँग्रेस, नेपालमज्दूर किसानपार्टी र नेकपा माओवादीक्रान्तिकारी पार्टीका प्रमुख तथा प्रतिनिधी, वडाअध्यक्ष, शिक्षा शाखा प्रमुख, शिक्षा समिति सदस्य, गैरसरकारी संस्थाकाप्रतिनिधी, शिक्षक, विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष, सुरक्षाकर्मी, पत्रकार, बालक्लवकाप्रतिनिधी र नागरिक समाज संजालका प्रतिनिधी गरी जम्मा ३३ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागतमन्तव्य सहयात्रा परियोजनाका परियोजना संयोजक कृपराजजोशीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन परियोजनाका शैक्षणिक स्रोत व्यक्तिधनीरामन्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय शान्ति क्षेत्रको अवधारणा, विकासक्र, विद्यालय शान्ति क्षेत्रका बिषयमा भएका प्रयासहरु, तिलागुफा नगरपालिकामा भएका प्रयासहरु, चुनौतिहरु, केन्द्रिय र जिल्ला स्तरमागरिएकाप्रतिवद्धताहरुको प्रस्तुती परियोजना संयोजकजोशीले गर्नु भयो ।
प्रस्तुतीपश्चात विद्यालय शान्ति क्षेत्र सम्बन्धमाविगतमा भएका गतिविधी र आगामीदिनमा गर्न सकिने अभ्यासहरुका बिषयमा बैठकका सहभागीहरुले खुलाछलफल गर्नु भएको थियो । छलफलमा विद्यालय शान्ति क्षेत्रमानगरपालिकामा सुधारन्मुख अवस्था रहेको तर शिक्षकहरु भने राजनीतिक गतिविधीमा सहभागीहुँदै आएका र आगामीदिनमाआआफ्नो पार्टीका भातृ संगठनमा आबद्ध शिक्षकहरुलाई विद्यालयको पठनपाठनमा अवरुद्ध हुने गरी कुनै पनि राजनितिक कार्यक्रममा नलगाउने कुराको निश्कर्ष गरियो । साथै हामीले गरेका प्रतिवद्धताहरुलाई अक्षरक्ष पालन गर्नु पर्ने कुरा पार्टीका प्रमुख तथा प्रतिनिधीहरुको धारण र¥यो ।
खुलाछलफलपश्चात सहभागीहरुले विद्यालय शान्ति क्षेत्र कार्यानवयनका ६ वटाबुँदा लेखिएको ब्यानरमाहस्ताक्षर गरी यसको प्रभावकारी कार्यान्वयन गर्ने कुराको प्रतिवद्धताजनाए । कार्यक्रमको समापन सत्रमा सम्पूर्ण पार्टीको तर्फबाटबोल्दै माओवादीक्रान्तिकारी विप्लव समूहका एक नेता ‘हस्त नेपालीले १८ बर्ष मुनीका कुनै पनि बालबालिकाहरुलाई राजनितिक गतिविधीमा संलग्ननगराउने र विद्यालयको हाताभित्र कुनै पनि राजनितिक गतिविधीहरु संचालननगर्ने साथै विद्यालय शान्ति क्षेत्र कार्यान्वयनमा गरिएका प्रतिवद्धताहरु अक्षरक्षपालन गर्ने प्रतिवद्धताजाहेर गर्नु भएको थियो ।
’’नगरपालिकाका शिक्षा अधिकृत लीलाराजबमले ‘‘विद्यालय शान्तिक्षेत्रका गतिविधीहरु समयसापेक्ष रुपमा परिवर्तन भएका छन् विगतमा द्वन्दबाट विद्यालय तथा बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने थियो भनेहाल राजनितिक गतविधिबाट विद्यायल तथा बालबालिकाको पठनपाठनलाई प्रभावितनगर्न के गर्ने भन्ने बिषय रहेको छ ।
साथै निर्वाचननजिकीदै गर्दा यो बैठक संचालन गर्नु अत्यन्तै शान्दर्भिक रहेको जनाए ।’’यसै गरि प्रमुख अतिथी प्रमुखप्र शासकिय अधिकृत ‘‘लक्ष्मण प्रसाद चौलागाईले आजको शिक्षा गुणस्तरीय हुनु पर्छ जसका लागि गुणस्तरीय वातावरण तयार गर्नु पर्ने हुन्छ त्यसैले जव विद्यालय शान्तिक्षेत्र हुन्छ तब शान्त र सुरक्षित वातावरणमा बालबालिकाले शिक्षा आर्जन गर्न पाउँछन् जसले गर्दा गुणस्तरीय शिक्षामा सहयोग पुग्ने गर्दछ । त्यसैका लागि विद्यालय शान्ति क्षेत्र हुन जरुरी छभनीबताउनु भयो ।
’अन्तमाकार्यक्रमको समापन गर्दै कार्यक्रमकाअध्यक्ष तथा का.बा. उपप्रमुख ‘‘ तिलकन्यौपानेले विद्यालय शान्तिक्षेत्र कार्यान्वयनमा विभिन्न कुराहरुले प्रभावपारिरहेको र आगामीदिनमाहामी सबै मिलेर यसको समाधान गर्नु पर्दछ र यसको कार्यान्वयनका लागि म प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।’



karnalipress
१९ चैत्र २०७८, शनिबार २१:४९