जनताको मन जित्न, भिज्दै भाषण गर्दै विप्लव

२८ भाद्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने बताएको सुनाए । उनले अघि भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।