
कालीकोट। कालीकोटको सदरमुकाम मान्ममा बसेर सामाजिक सेवामा सक्रिय युवा हिक्मतजङ मल्ल यतिबेला गाउँ अभियानमा जुटेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै गाउँगाउँ पुगेर स्थानीय नागरिकसँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र आगामी चुनावी माहोलको अवस्थाबारे जानकारी लिने
उद्देश्यले मल्ल गाउँ अभियानमा लागेका हुन्।
कालीकाेटकाे खाँडाचक्र नगरपालिका–८, सेरावाडामा जन्मेका मल्ल लामो समयदेखि विद्यार्थी राजनीति गर्दै सामाजिक अभियानसहित सक्रिय रहँदै आएका छन्।
सदरमुकाम मान्मलाई कर्मथलो बनाएर सामाजिक सेवामा लागेका उनी अहिले गाउँबस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनी आगामी निर्वाचनमा खाँडाचक्र नगरपालिकामा मेयर पदमा निर्वाचन लड्ने तयारीमा छन् ।
उनलेे दलीय आधारमा हुने स्थानीय निर्वाचनले पारिवारिक सम्बन्ध,सामाजिक सद्भाव र सहिष्णुता भत्काउँदै लगेकाले यसको विकल्प खोज्न आवश्यक रहेको बताए ।
उनले चुनावमा विकृति फैलिएकाले पैसा फेंको तमासा देखो’ भन्ने युक्ति चुनावमै लागू हुने गरेको बताए । उनले जसले अधिकभन्दा अधिक खर्च गर्न सक्छ, उसले मात्रै चुनाव जित्न सक्छ । उमेदवारले टिकट, कार्यकर्ता र भोटसमेत खरिद गर्ने गरेकाले आगामी निर्वाचन फरक रहने बताए ।
उनले अहिले गाउँघरमा नयाँ वा पुरानो दलमा लागेको छिमेकीको अर्को दलमा रहेको छिमेकीसित बोलचाल बन्द जस्तै गरेको बताए ।
यसले गाउँमा ‘जिउँदाको जन्ती मर्दाको मलामीको’ पुरानो गाँठो कमजोर हुँदै गएको सुनाउदै दैनिक व्यवहार, सामाजिक उठ बसका कामदेखि इष्टमित्र पनि दलीय आधारमै बनाउने परिपाटी सुरु भएकाे बताए ।
उनले गाउँमा शिक्षा,स्वास्थ्य,उत्पादनलाई विषेश महत्त्वका साथ छिट्टै उम्मेदवारीकाे आधिकारिक समेत घोषणा गर्ने बताए।




karnalipress
७ मंसिर २०८३, आईतवार ०७:३६