
असार ५,कालिकोट । अधिकांस योजनाहरूको अनुगमननै नगरि रकम भुक्तानी दिने चलनको अन्त्य गर्न शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष योजनाको अनुगमनमा लागेका छन् ।आर्थिक वर्ष २०७८/ ७९ का प्रदेश,संघका योजनाहरूको अनुगमन गरेर मात्र भुक्तानी दिने भन्दै शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसि र उपाध्यक्ष पार्वति सिंह योजनाहरूको अनुगमनमा लागेका हुन् गरेका छन्। उनिहरुले काब्रेखोला सडक खण्ड,बुडुगाउ बर्थिङ सेन्टर,रस्वती गडुलकोट आधारभुत बिधालय,लाट्यखोला तडबन्धन,पागरुख सिचाइ कुलोलगाएतका योजनाहरूको अनुगमन गरेका छन्गरेका छन्।
काम नगरेरै रकम भुक्क्तानी दिने प्रर्थाको अन्त्य गर्न प्रत्येक योजनाको काम भए नभएको आफैले अनुगमन गरेर मात्र रकम भुक्क्तानी गर्ने उपाध्यक्ष पार्वती सिंहले बताईन्।यस्तै कालिकोट आर्थिक वर्ष २०७९/८० का लागी वस्ती हुदै वडा सम्मका योजना तर्जुमा कालिकोटमा सुरु भएका छन् । प्रत्येक असार १० गते सम्म पालिकाकाले योजना छनौट गरी नयाँ वजेट मागका लागी संघिय सरकारलाई पालिकाको गाउँ सभामा दिनु पर्ने व्यवस्था छ ।
जिल्लाको महावै गाउँपालिकाले वस्ती देखी वडाका योजना छनौट गरी १० गते हुने गाउँ अधिवेशनमा लिनका लागी यतिवेला धमाधम वडा तर्जुमा सुरु भएका को छ । महावैमा गत वर्षका अधुरा योजना कार्यन्वयन र नयाँ जनमुखी कार्यक्रम बनाउने गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले बताए ।



karnalipress
५ असार २०७९, आईतवार २०:०५