चिसो भुईँमा विद्यार्थी,स्थानीय भन्छन्—सरकार कहाँ छ ?

ललित विष्ट चैत्र १०,कालिकोट । कठ्यांग्रिने जाडो। खुल्ला आकाश विद्यालयको छानो। बस्ने बेञ्च छैन,चिसो भुईँँ उनीहरुको डेस्क,बेञ्च । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका—८ को ज्ञानज्योति आधारभुत विद्यालयमा गत मंगलबार परिक्षादिदै गरेका विद्यार्थिको यो पछिल्लो दृश्य हो।

सन्नीत्रिवेणी गाउँपालिकास्थित ज्ञानज्योति आधारभूत विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीहरु चिसो भुईँमा बसेर परिक्षा दिदै छन्। सन्नीत्रिवेणी गाउँपालिकाकाे ज्ञानज्योति विद्यालयमात्र हैन यहाँको पन्चदेव उचमाध्यामिक पनि उस्तै समस्या छ।

दुई सय २० जना अध्ययन गर्ने स्कुलभरि बेन्च वा डेस्क छैन्।
सान्नित्रिवेणी—८ को यस विद्यालयको बालकक्षासहित खेल मैदान,धारो र शौचालय सबै अभाव भएको विद्यालयले जनाएको छ । चिसो हावा चलिरहन्छ,मुटु कपाउँछ जाडोले तर, यस विद्यालयमा अध्ययनरत २ सय २० जना बालबालिकाको दैनिकी नयाँ शैक्षिक सत्रसुरु भएदेखि यही कठिन नियतिमा चलिरहेको छ ।
यस विद्यालयमा जनप्रतिनिधि र विपक्षी दलका नेतासमेत नआएका होइनन्। ७ महिनासम्म विद्यालय भुईँँमै बस्नुपर्ने विवसतामा स्थानीय आक्रोशित छन्।‘सरकारका जनप्रतिनिधिको काम यहाँ आएर हाम्रो कहालीलाग्दो अवस्था हेर्ने मात्र रहेछ,केही गर्ने होइन।’

प्रध्यानाध्यापक निर्मला बुढाले भनिन्। भुईँँमा लटपटिएर धुलोले नचिनिने भएका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पवित्र बुढा पढ्दा निकै गाह्रो भएको अनुभव सुनाउँछन्। ‘पढ्ने ठाउँ धुलैधुलो छ । हावा चल्यो भने सबै धुलो आँखा मुखभित्र पस्छ । हामी त बिरामी भइराख्छौ,’ विद्यार्थी भन्छन्, ‘जाडो र धुलोले खासै स्कुल आउन मन पनि लाग्दैन, नआउँदा सर मिसले गाली गर्नहुन्छ, त्यही भएर मन नलागी नलागी भए पनि आउने गरेका छौँ।’ जाडोयाममा खुल्ला धुलाम्य चौरमा पढ्नु र पढाउने बाध्यताले शिक्षक र विद्यार्थीहरु बिरामी पर्ने गरेका छन्।

विद्यालयमा ७ महिनादेखि माथिसम्मको कुनै पनि सरकारले बालबच्चा धुलोमा बसेर पढ्नुपर्ने बाध्यतामा अस्थायी व्यवस्थापनमा समेत नगरी मुकदर्शक बनेको स्थानीयले गुनासा छ । ‘विद्यालयको यस्तो हालत हुँदापनि कुनै पनि निकायले गम्भीरताका साथ लिएन,सरकार र सम्बन्धित निकायले चासो दिएको भए अहिलेसम्म विद्यालय भवन बनिसक्थ्यो,’ प्रअ निर्मला बुढाले भनिन्, ‘सबै एकै ठाउँको चौरमा राखेर पढाइएका छौं, चिसो र धुलोले बालबालिकाको ध्यान पढाइमा एकाग्र बनाउने अवस्था नै छैन,आएका जति सबैलाई व्यथा सुनायौँ, हाम्रो अरु पहुँच छैन्।’

विद्यालय प्रशासन र स्थानीयले तत्कालका लागि अस्थायी कक्षा बनाउने नसोचेका पनि होइन्। तर, सरकार र तीनका प्रतिनिधि,नेताहरुले छिट्टै निर्माण हुने आश्वासनले झुक्याएका कारण बालबालिकाले चिसो मौसममा सास्ती पाउनु परेको स्थानीय बताउँछन्। ‘नेताहरु त जे पनि बोल्दा रहेछन्,तत्काल हुन्छ, ढुक्क हुनुस् भनेर गएका नेताहरु अहिलेसम्म रमिता हेरेरै बसिरहेका छन्,साना बालबच्चाले धेरै दुःख पाए,’ एक स्थानियले भने ।

विद्यालयको समस्या लिएर सान्नत्रिवेणी गाउँपालिका पुगेका ज्ञनुजोती आधारभुत विद्यालयका प्रधानाध्यापक निर्मला बुढाले ७ महिनादेखी गुनासो सुनाउनलागेको बताईन्। स्कुलमा बस्ने,लेख्ने, पढाउने सबै अभाव छ । बस्ने डेस्क,बेञ्च,विद्यालय भवन, शौचालयका लागि माग लिएर कार्यालय पुगेको थिए,’ आसवासन मात्र दिएका छन्।

गाउँपालिका अध्यक्ष महेश केशीले विद्यार्थी खुल्ला चौर र भुईमा राखेर पढाएको बारे भ्रम भएको बताए । उनले भने ‘ डेस्क,बेञ्च नभएपछि पढाउन समस्या भएको त हामी सबैलाई अवगत छ । तर त्यसमा भवनका लागि पहिलेका वर्षदेखि निरन्तर वजेट गईरहेको छ ।

पहिले भवन अभाव थियो अहिले ४ कोठे भवन छ । पहिले भवन,फिल्ड,अभाव थियो । हामिले विद्यालयको माग अनुसार वजेट पठाएर विद्यालयको भवन तयार गरीएको छ । स्थानीय सरकाले कुनै कदम कमि नगरेको उनले बताए । उनले यो आर्थिक बर्षमा पनी दश लाखको फिल्ड निर्माण भईरहेको बताए ।

विद्यालयको मागको आधारमा बजेट गहीरहेको उनको भनाई छ । चिसो भुईँँमै पढ्ने अवस्थाका बारेमा सम्बन्धित विद्यालयसँग बुझ्दा पानी परेको कारण देखाएको बताए । यस विद्यालयमा बालकक्षादेखि ८ कक्षासम्म पढाइ हुन्छ। हाल २ सय २० विद्यार्थी यहाँ अध्ययनरत छन्।

गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले शिक्षा शाखामार्फत १ करोड ९३ लाख छुटाएको छ तर विद्यालयको डेस्क,बेञ्च अभाव भएको देखाएका छन्। यो नियत शिक्षा शाखको हो । शिक्षा शाखाले विद्यालयको डेस्क,बेञ्च र कार्पेट ब्यवास्थापनकोलागी बजेट पठाएको छ ।

सान्नीत्रिवेणी गाउँपालिकाको शाखाले पालिका भित्रका सबै विद्यालयहरु अनुगमन गरेर सकेको छ । अहिले कतै भवन अभाव त कतै डेस्क,बेञ्च, खेलमैदान, शैचालय अभाव भएको बताईएको छ।

यहाँको पन्चदेव उचमाध्यामिक विद्यालयमा पनि कक्षा काेठाकाे अभाव देखाईएकाे छ। जिल्लामा धेरै जसाे विकास सडकमा हुने गरेका कारण विद्यालयमा डेस्क,बेञ्च, खेलमैदान, शैचालय अभाव हुनेगरेकाे स्थानीयले बताउने गरेका छन् ।

सन्नीत्रिवेणी गाउँपालिकास्थित ज्ञानज्योति आधारभूत विद्यालयका र पन्चदेव उचमाध्यामिक विद्यालयका विद्यार्थीहरु चिसो भुईँमा बसेरपरीक्षा दिदै ।
तस्विर ललित विष्ट कालिकोट ।