
कालीकोट । दैलेखको आठबीस नगरपालिका–५ स्थित मालाचौरमा रहेको खुर्रा खोला निर्माणाधीन पुल ४ वर्षदेखि अलपत्र हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। सम्झौता अनुसार दुई वर्षमा निर्माण भइसक्नुपर्ने पुल ४ वर्ष बिति सक्दासम्म १२.५६ प्रतिशत मात्र काम भएको हो ।
आठबीस नगरपालिका वडा ५ का बासिन्दा र कर्णाली राजमार्गमा यात्रा गर्नेहरुलाई पुल नहुँदा हरेक बर्खाभर सास्ती खेपिरहेका छन् । पुल नहुँदा स्वास्थ्य,शिक्षा,कृषिलगायतको काममा सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् । पुल नबन्दा बर्खाका बेला आवातजावात गर्नै गाह्रो हुने गरेको छ । समयमा पुल नबन्दा कर्णाली राजमार्गको यात्रामा समेत असर परेको स्थानीय लक्ष्मी चौलागाईंले बताए । उनले भने ‘समयमा पुल बनिदिएको भए धेरै समस्याबाट मुक्त हुन्थ्यौं । ,’
२०७९ जेठ २८ गते सडक डिभिजन कार्यालय सुर्खेतले एक वर्षमा निर्माण सम्पन्नगर्न ६ करोड ३७ लाख ५१ हजार २ सय २१ रुपैयाँमा टि.डी.आर. कन्स्ट्रक्सन प्रा.ली,धनगढी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । २० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि पहिलो पटक म्याद थपले २०८१ मंसिर २८ गरेको थपिएको अवधि समेत सकिदासम्म पुल निर्माणले गति लगेको छैन् ।
हालसम्म निर्माण कम्पनीले ८१ लाख ४२ हजार ३ सय ३९ रुपैयाँ भुक्तानी लिइसकेको छ । काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कानुनी दायरामा ल्याउन सडक डिभिजन सुर्खेतले समेत व्यवास्था गरेको स्थानीयका भनाइ छ। पहिला स्थानीयको बस्ती समेत उठाएर पुल निर्माण सुरु गरे पनी अहिले काम ढिलाइ गर्दा समस्यामा थपिएको स्थानीय मयराम जैसीले बताए । स्थानीय ब्यपारीको समेत १३ लाख रुपैया तिर्न बाकी रहेको उनको भनाई छ। सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का तोड्न समेत सूचना जारी गरेको सडक डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विवस वावु सदादेवले बताए ।



karnalipress
४ जेष्ठ २०८३, सोमबार ०८:०४