
श्रावण १६,कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ८ मा बिद्यालयको नमुना भवन निधारित समयमै तयार भएको छ । कोरोना महामारीका बिचमा जारी निषेधज्ञाकै बिचमा जनजागृती माध्यमिक बिद्यालय फुकोटको नमुना भवन निमार्ण सम्पन्न भएको हो । संघिय सरकारको लगानीमा वाईएसएस र वसना जेभि सुर्खेतले कामको जिम्मा लिएको थियो ।
२ करोड ६५ लाख ५१ हजार ९६३ रुपियाँमा १४ कोठाको आरसिसि भवन तयार भएको हो । वर्षातको समयमा जिते देखि सान्तीघाट सम्मको सडक अवरोध भएकाले निमार्ण सामाग्री ढुवानीमा समेत समस्या भएको थियो । तर पनि काम समयमै सकेर भवन बिद्यालयलाई हस्तान्त्रण गरिएको निमार्ण कम्पनीले जनाएको छ ।
निमार्ण ब्यवसायी मानव बमले निमार्णको जिम्मा लिईसकेपछि जस्तोसुकै परिवेशका बिचमा पनि तोकिएको समयमा संरचना तयार गर्नु आफ्नो दाहित्व हुने वताउनुभयो । निमार्ण ब्यवसायीले समयमा काम गदैनन भन्ने समाजमा भ्रम रहेको भन्दै त्यो भ्रम चिर्नका लागि पनि अव निमार्ण ब्यवसायीले चुनौती मोलेर भएपनि काम समयमै सक्नु पर्ने वसना निर्माण सेवाका प्रोपराईटर बमको भनाई छ । २०७७ साल असार २० गते ठेक्का सम्झौता भएको थियो ।
सम्झौतामा १२ महिना अर्थात २०७८ साल असार १९ गते निमार्ण सम्पन्न गरिसक्ने उल्लेख थियो । निमार्ण ब्यवसायी बमले भन्नुभयो तीन महिना वाटो वन्द भयो । निमार्ण सामाग्री लिन पाईएन । जग्गा पनि समयमा उपलब्ध भएन, निकै चुनौतीका बिचमा आफुले तोकिएको समयमै भवन तयार गरेको वताउनुभयो । विद्यालयका शिक्षक वेदप्रसाद वरालले वसना निमार्ण सेवाले कर्णाली करिडोर अवरोध हुदा, बिद्यालयको भवन वनाउने जग्गा समयमा उपलब्ध नहुदा बिचको चुनौतीका बिचमा पनि समयमै अर्थात २०७८ साल असार महिना मै भवन निमार्ण सम्पन्न गरेको पुस्टी गर्नुभयो ।
सबै खाले अवरोधवाट पार पाउदै तीन महिना बिति सकेको थियो । निमार्ण ब्यवसायी बमले काम सुरु भएको नौ महिनामा आफुले ४८ वटा पिल्लर सहितको दुई तला १४ कोठाको नमुना भवन तयार गरी नगरपालिकालाई साक्षि राखेर बिद्यालयलाई हस्तान्त्रण गरेको वताउनुभयो । भवन जिल्लाकै नमुना भएको रास्कोट नगरपालिकाले पनि दावी गरेको छ । नगरप्रमुख काशिचन्द्र वरालले आफुले जिल्ला भरीका भवनको स्टेक्चर हेरेको भन्दै यो भवन जतीको मजवुद भवन अरु काही नभएको वताउनुभयो ।



karnalipress
१६ श्रावण २०७८, शनिबार १६:२४