‘तपाईंको मास्क खै ?’ भन्दै कर्णाली जेसीज सडकमा

कालीकोट । कर्णाली जेसीज कालीकोट शाखाका अध्यक्ष धर्मराज शाही लगाएतकाे टोली ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् ।
आईतवार कर्णाली जेसीज कालीकोट शाखाकाे टिमले मान्म बजारमा ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएर अभियान सुरु गरेका हुन्।

कर्णाली जेसीजले कोरोना महामारीबाट बच्न अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गर्दै आएको छ।
मान्म बजारकाे सडकमा मास्क नलगाएर हिँडिरहेका नागरिकलाई मास्क अनिवार्य लगाउन आग्रह गर्दै मास्क वितरण समेत गरेको  अध्यक्ष धर्मराज शाहीले बताए ।