नियात्राः आहा त्यो रारा !

ललित विष्ट
बैशाख १२,कालीकोट ।
भौगोलिक रूपमा बिकट कर्णाली जस्तै मुगुको रारा ताल पनी अत्यन्तै विकट छ । मुगुको भिरालो जमीन खेतीयोग्य पनि त्यति छैन । हुन त जौं,गहुँ,आलु,फापर,कोदोलगायतका खेतीहरु हुन्छन् तर अहिले कतिपय खेतीहरू गर्न छोडिएको छ । मुगुका गाउँहरूमा गतवर्ष भदौमा छरेको जौं बैशाखको पहिलो हप्तासम्म पनि काट्ने बेला भएको थिएन् । अझै हरियो अवस्थामै थियो । त्यहाँ बाली पाक्न ठ्याक्कै एक वर्ष लाग्छ । ४ वटा स्थानीय तह रहेको मुगुको सदरमुकाम गमगढी सबैको माझमा नै अवस्थित छ ।

रारा छेउबाट चंखेलि हिमालमा हिउँ टलक्क देखिन्थ्यो । रारा तालबाट ३ घण्टाभन्दा बढीको दूरीमा अवस्थित उक्त हिमाल रारा झै सधै हासिरहेको छ । एक रुपैयाँको नोटमा राखिएको चंखेली हिमाललाई स्थानीयहरू गौरवकै रूपमा लिन्छन् । मुगु सदरमुकाम गमगढीको सल्लेरीसम्म अहिले मोटरबाटो पुगेको छ । बाहरिबाट रारा घुम्न आउने धेरैलाई बाटोले दुःख पनी दिने गरेको छ । रारा तालको छेउमा पुग्ने जो कोहीलाई बाटोमा पाइएको दुःखलाई राराको दृश्यले भुलेर पठाउने गरेको छ । अझै सडकको अवस्था सुधार भए को भए त्यहाँबाट अन्यत्र आउजाउ गर्न कम्तीमा सहज हुने थियो ?

अहिले सडक पनी उस्तै कठिन छ,भने भाडा पनि त्यत्तिकै चर्को छ । यसैत कर्णालीलाई दुर्गम भएकै कारण राज्यले ठगेको छ । रारा तालको पूरा आकृति हेर्ने हो,भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिन्छ भने राराको सबै भाग नियाल्न सकिन्छ ।

यो तालमा विश्वमै कहीँ नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ,भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ । मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको हो । रारामा घोडाबाट घुम्ने रहर गरेकाहरुको लागि सल्लेरीबाट राराताल सम्म पुग्न घोडेसवारहरु पाइने गरेका छन् । सल्लेरीमा बास बस्नेहरुकालागि केही होटलहरु पनी छन् ।

बिषेश गरि रारा यात्राको लागी भदौ देखि कार्तिक सम्म र चैत्र देखि असार सम्म आन्तरीक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गछ । यो समयमा ऋतु परिवर्तन हुने भएकाले अत्याधिक चिसो नहुने,मौसम उचित हुने र बातावरण पनि सुन्दर हुने भएकाले यो समय पर्यटकको रोजाईमा पर्ने गर्दछ । सुन्दर हिमाली फाटहरुमा मनलोभ्याउने फरक रंग र आकृतीका फुलहरुले पर्यटक तान्ने गरेको छ । बाटोमा देखिने काठका पुराना घरहरुले पनी मन लोभ्याउने गरेको छ ।

नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने इच्छा राखि कालीकोटबाट गएका हामि दुई जना पत्रकार ललित विष्ट र किरण अधिकारीसंगै कालीकोटका मेडिकल ब्यवसायी तुलाराम विष्ट,उनका छोरा भिजन विष्ट,गाडि गुरु उमेरराज धिताल,जिल्ला अस्पताल कालीकोटका डाक्टर शुभनारायण ठाकुर संगै दाङका डाक्टर सहितको टोली राराको लागि वैशाख १ गते कालिकोटबाट गाडिको यात्रा तय भयो ।

बाटोमा रमाउदै साझ पख मुगु र जुम्लाको सिमाना भुलभुले लेकको एक होटलमा बास बस्ने निधोसंगै होटलमा झर्र्यौ, होटेल संचालक एक महिला थिइन्। उनीसंग पिउने तातो पानी माग्दा उनीले हाम्रो टिमलाई पानी दिदै खषभाषमा ‘लय खाव’ भनिन् त्यो उनको खष लवज सुन्दा डाक्टरहरु ट्वाल परे । हल्का बुझिने त्यो भाषाको अर्थ लिनुस् खानुस् भन्ने हो ।

पानी पिएपछि आगोको अगेना नजिक बसेका हमिहरुलाई पोलेको लोकल आलुले स्वागत गरिन् । विस्तारै आलुखाई सक्काएपछि उनले खाना पस्कन सुरु गरिन् । स्थानीय च्याँङग्राको मासुसंगै अर्गनिक मार्सी चामलको भात,लोकल आलुको तरकारीको स्वादसंगै हाम्रो साझको भोजन भयो । खानाखाएर सबै जनालाई जाव पाण(घरको माथिल्लो तला)का कोठामा सुत भन्दै कोठादेखाएपछि सबै जना आफ्नो कोठामा सुते ।

भुलभुलेको लेकबाट चिरबिर चराको आवाज र हिउको चिसो सिरेटो संगै बिहान ५ बजे टोलीका सबै जना उठे चिसो धेरै भएकाले सबैले बिहानको तातो पानी पिउदै बिहानको नित्यकर्म सके । हिमाली जडिबुटि युक्त चियाको स्वाद लिई होटेलबाट बिदा हुदै सबैले आफ्नो झोला गाडिमा राखेर रारातालको लागी वैशाख २ गते बिहानै हाम्रो दोस्रो दिनको यात्रा सुरु भयो । भुलभुले लेखबाट भिरालो सडकसंगै सात मोडहुदै राराजाने मुलबाटोबाट सल्लेरी पुग्दा हाम्रो गाडिको यात्रा सकियो। गाडिको यात्रा सकिएसंगै रारा राष्ट्रिय निकुञ्जको गेटले हाम्रो स्वागत गर्यो ।

 

वैशाख २ गते दिनमा अलि मधुरो घाम लागेको थियो । अग्ला कोर्णधारी बनस्पतीले भरी पुर्ण सल्लेरी चौर घुम्दै रारा तालको छेउँमा रहेको मिलि चौरमा पुग्दा रारा ताल देखिन सुरु भयो । हामी सल्लेरीबाट रारा निकुञ्जहुदै राराताल पुग्यौं, पहिलो पटक रारापुग्दा बाटोमा पाइएकोजति दुःख यकै छिनमा बिर्सियौ एक किसिमले मन हलुंगो भयो ।

रारा तालको शुन्दरताको दृश्य अवलोकनगर्दै कोही तस्विर खिचाउन ब्यस्त भए,भने कोही घोडावलासंग घोडसवारको लागि मुल्य मोलमोलाई गदै थिए । सामान्य घोडामा चढेर फोटो खिचेको एक सय र घोडसवारको पाँच सय सम्म घोडावालहरुले लिने रहेछन् । हामि राराको दृश्य अवलोकनगर्दै डुङंगा चढ्ने ठाउँसम्म हिडेर पुग्यौं । त्याँ पुग्दा अन्य आन्तरीक तथा वाहृय पर्यटकसंग घुलमील हुदै कुराकानी भयो ।

रारा पुगेका दाङका डाक्टरले लगेको साइकलमा चढेर रारा अवलोन गर्दै फोटो खिच्न सुरु गरेपछि सबैले साइकल चढ्ने रहर पुरा गर्दै फोटो खिचेर सकिएपछि रारा ताल घुम्न डुङगा चढ्ेने ठाउँ सम्म पुग्यौं । डुङगा चढेपछि रारा पुगेको अनुभुती सुरु भयो । बिहान ७ बजे देखि १२ बजे सम्म मात्र डुङगा चढ्ने वारपार र घुम्न पाइने रहे छ । हामिले डुङगा चढ्दा बिहानको ११ बजेको थियो । ११ बजे देखि १२ बजे सम्म डुङगा चढ्ेर रारा घुम्न सुरु भयो । डुङगामा घुम्दै रारामा एक फन्को मारेपछि हावा चल्न सुरु भएपछि हाम्रो यात्रा पनी तालको छेउमा आएर रोकियो ।

रारा छेउमा धेरै घोडावालहरु लाईनमा थिए । सबै जनाले एकएक घोडामा चढेपछि सल्लेरीको रमाइलो घोडेयात्रा सुरु भयो । करिव ३० मिनेटको रमाइलो घोडेयात्रा पछि सल्लेरी पुगेर एक होटलमा खाना खाएर केही समयको आराम पछि कालीकोटको यात्रा तय भयो ।

बाटोमा विस्तारै गाडिमा सवार भएपछि कोर्णधारी वनको शुन्दर दृश्य खिच्दै,बाटोमा फुलेका गुराँस,हिमालमा रहेको हिउँ,हिमाली फुलसंगै रमाउदै,खष सभ्यताको राजधानी सिंजाँमा पुगियो । पहिले बाइसे–चौबिसे राज्य हुदा राजाहरुले राजगरेको दरबार भएको ठाउँमा हाल कनकासुन्दरी मन्दीर रहेछ । वरिपरी सिंजाँ नदि र बिचको अग्लो थुम्कोमा रहेको कनकासुन्दरीको मन्दीर र सिंजाँ उपत्यकाको मनोरम दृस्यले सबैको मन लोभ्यायो ।

सिंजा उपत्यकाको ईतिहास सुन्दै स्याउँ फुलेर सेताम्य भएका बगैचाका फाटहरु नियाल्दै कालीकोट र जुम्लाको सिमाना नाग्म बजार पुगियो । अति कठिन बाटोको यात्राले थकित हामीहरुले बाटोमा खाजा खादै २ गते राती ११ बजे कालीकोटको सदरमुकाम मान्म बजार पुगियो ।

यो दुई दिनको रारा यात्राले केही सिकाई थप्दै रारा पुग्ने पर्यटकको लागि सडक कठिनाई भए पनी राराको शुन्दर दृश्यले फेरी पुग्न उत्साहा थपेको महशुस भएको छ । राराको शौन्दर्यता,कर्णालीको जनजिवन र खस राज्यको एैतिहासिक पृष्ठभुमीको बारेमा बृह्त ज्ञान हासिलगर्ने हाम्रो उपलब्धी मुलक रारा यात्रा रह्यो ।