नेपाली कांग्रेस खाँडाचक्रको घोषणा पत्र सार्वजनिक

बैशाख २३,कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो घोषणा पत्र सार्वजानिक गरेको छ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही,नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार तारा शाह,उपमेयरका उम्मेदवार नेत्रबहादुर शाही,कांग्रेस नेताहरु प्रेमबहादुर शाही लगायतको नेताहरुको उपस्थितिमा शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि कांग्रेसले आफ्नो घोषणा पत्र सार्बजानिक गरेको हो।

घोषणा पत्र सार्बजानिक गर्दै मेयरक उम्मेदवार शाहले खांडाचक्र नगरमा भ्रष्ट्राचार मुक्त,सेवाग्राहीलाई मुस्कान सहित प्रभावकारी सार्बजानिक सेवा,हिंसामसक्त नगर, नेपालकै विकशील नगर, आयआर्जन र एक घर एक रोजगारी, महिला, दलित, पछाडि परेका बर्ग समुदायलाइ विकासको मुल प्रबाहीकरणमा लिने कार्य आफ्नो मुख्य प्राथमिक्ता रहेको बताईन ।

उनले घोषणा पत्र मार्फत युवा उद्यमशीलता,सडक,शिक्षा,स्वास्थ्य,खानेपानी,बिद्युत जस्ता नागरिकका आधारभुत आबश्यकता पूरा गरि समुन्नत नगर,हरेक परिवार आत्मनिर्भरको नारा अगाडि सारेको बताएकि छन्। उनले भनिन्, म भ्रष्ट्रचार गर्दिन,गर्न पनि दिन्न,नगरको बजेट मेयर,उपमेयरको हुदैन,जनताको हुनेछ,विकास दिन घर घर पुग्छु,समावेशिताको आवाज बन्छु,विगतका जनप्रतिनिधिले पूरा गर्न नसकेका जनताका सपना पूरा गर्छु । त्यसैले मलाई मत दिनुस।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटका सबै स्थानिय तहमा जनताले कांग्रेसलाई जिताउनु पर्ने बताए । उनले भने, कालिकाटमा ३० बर्षदेखी कम्युनिष्टले जितेर के गरे जनताले मुल्ययांङकन गरेका छन् ।