
असोज २०,कालीकोट। नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य भरत बम रणबिरलाई कालीकोटमा भब्य अविनन्दन गरिएको छ । २८ महिना जेल वसेर भरखरै मात्र रिहा हुनु भएका नेकपा नेता बमलाई नेकपा र कालीकोटका नागरिकले सयुक्त रुपमा अविनन्दन गरेका हुन । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीसंगको वार्तामा खुला राजनिति गर्ने सहमती भएको थियो ।
सरकारसंगको वार्तामा नेकपाका महाँसचिव नेत्रबिक्रम चन्द बिप्लव, प्रवक्ता खड्कवहादुर बिश्वक्रर्मा प्रकाण्डले प्रतिवन्द हटाउनुका साथै सरकारले बिभिन्न आरोप लगाएर थुनामा राखेका नेताहरुलाई रिहा गर्न माग गरेको थियो । सरकारले समेत पहिलो सान्तीपुर्ण राजनिित गर्न पाउने, प्रतिवन्द फुकुवा, तेस्रो मुद्धा फिर्ता गर्ने सरकारसंग समहमती भएको थियो । सोही प्रक्रिया अनुसार बम थुना मुक्त हुनुभएको थियो ।
लगतै ओली नेतृत्वको सरकार अदालतले बिघठन गरेका कारणले सहमती कार्यान्वयमा समेत समस्या भएको नेकपाको भनाई छ । अविनन्दन पछि आयोजित कोष सभामा वोल्दै नेता बमले तत्कालिन सरकार साझेदार दल पछि एउटै पार्टीमा समायोजन भएको तत्कालिन माओवादी केन्द्रकै कारणले आफ्नो पार्टी माथि प्रतिवन्ध लगाईएको वताउनुभयो ।
उहाँले आफ्नो पार्टीले सामान्त दलालको बिरोध गरेकै कारणले प्रतिवन्द लगाईएको वताउनुभयो । त्यही समुहमा उहाँहरु पनि पर्ने भएकाले हामी माथि प्रतिवन्द संगै गिरप्तार धरपकड र गोलि समेत हान्ने काम सरकारवाट भएको भन्दै सत्य र न्यायको पक्षमा जनता भएकाले अन्तत सरकारले आफ्नो पार्टीसंग वार्ता गरेको वताउनुभयो ।
आफुलाई कम्जोर वनाउन बिभिन्न यातना र प्रलोभन देखाएको भन्दै आफुले जनताको मुक्ती प्राप्तीको कसम खाएकाले २८ महिना जेलमा वस्नु परेको सुनाउनुभयो । यदी मैले आत्मासर्मपण गरेको भए कालीकोटका नागरिकले आफुलाई सम्मान होइन अपमान गर्ने कुरामा आफु बिश्वस्त रहेका कारणले गलत सम्झौता गरिन वरु जेलमा वसेर आज कालीकोटमा आएको सुनाउनुभयो ।
नेकपा कालीकोटका सेक्रेटरी मनिलाल ऐडीले आफुहरुले सरकार भन्दा पनि यो देशका दलालसंगको संघर्ष चक्राएको वताउनुभयो । कार्यक्रममा नेता कर्णवहादुर भण्डारी लगाएतको सहभागीता रहेको थियो । तिन वुद्धे कार्यन्यनका लागि वजारमा पर्दशन समेत निकालिएको थियो ।



karnalipress
२० आश्विन २०७८, बुधबार १९:१८