देउवा पक्षलेको अधिवेशन उद्घाटन

ललित विष्ट,कालीकोट।
नेपाली कांग्रेसको देउवा पक्षले कालीकोट जिल्ला अधिवेशन उद्घाटन गरेको छ। पार्टीको आन्तरिक संगठनात्मक गतिविधिलाई अघि बढाउने क्रममा मंगलबार जिल्ला अधिवेशन उद्घाटन गरिएको हो। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज २७ र २८ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। अधिवेशनमार्फत जिल्लाको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टी संगठनलाई थप व्यवस्थित बनाउने केन्द्रीय प्रतिनिध दमन शाहीले बताए ।

उनले यसअघि देउवा पक्षले जिल्लाका ८२ वटै वडा र नौवटै स्थानीय तहको अधिवेशन सम्पन्न गरेको जानकारी दिए। उनले जिल्ला अधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी जिम्मेवारीसमेत बाँडफाँट गरिएको बताए । अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको संगठन सुदृढीकरण, जिल्ला नेतृत्व चयन र आगामी राजनीतिक गतिविधिका विषयमा छलफल गर्ने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा नेता भूपेन्द्रजंङ शाही,मात्रिका सिंह, नगेन्द्र विष्ट लगायतको पार्टीको आधिकारिक पाउने बताएका छन् ।कार्यक्रममा युवा नेता भूपेन्द्रजंङ शाहीले पार्टीको आधिकारिकता देउवाले पाउने विश्वास गरे । उनले गगन पक्षले पार्टी भित्र गगनलाई केन्द्रीय सभापति बनाउन गरिएको अधिवेशनको औचित्य नहुने बताए । पछिल्लो समयमा जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई समेटेर पार्टीलाई मजभूत बनाउने बताए।