बिकास देख्ने जतिले एमाले रोज्ने छनः केपी शर्मा ओली

कालीकोट, चैत १७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिकास देख्ने र बिकास चाहेका सबै देशवासिले एमाले पार्टीलाई रोज्ने बताएका छन् ।  अध्यक्ष ओलीले कालीकोटको चुनावी सभालाई सम्बोधन गदै बिकास सबैलाई चाहिएकाले एमाले पार्टीलाई बिजय गराउने बताएका हुन् ।

सभामा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार शिक्षामा गरेको प्रर्गती बिश्वमा शिक्षाका क्षेत्रमा काम गरिरहेको युनिश्कोले समेत प्रशंसा गरेको भन्दै देशको लहर चलेको देखेर बिकास बिरोधीले सत्ता ढाल्न योजना बनाएको बताउए । बिश्वमा कुनै पनि मुलुकका सरकारले संसदले बनाउने भन्दै नेपालमा अदालतले सरकार बनाएर बिश्व समुदायलाई हसाएको बताएका छन् ।

छोटो समय बोलेका अध्यक्ष ओलीले कुनै पनि दलको बिरोध भने गरेनन्  । उनले एउटा शब्दमा कम्युनिष्टले बृद्धबृद्धालाई गोली हान्छन भनेर काग्रेसले हदै सम्मको झुटको खेती गरेको भने भन्न छुटाएनन्। उनले एक सयवाट सुरु गरेको बृद्धभत्ता चार हजार सम्म पुगेको भन्दै ताजा जनादेशबाट एमाले सिहदरवार प्रवेश गर्ने हुदा अधुरा रहेका अस्पताल, सडक, खानेपानी, पुलपुलेसा, जलबिद्युत आयोजनालाई पुर्णता दिने दाबी गरे ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले आमा बुवा, सहरा एमाले, कर्मचारीको तलव बृद्धी गरि देशका लागि समय दिन लगाउन एमाले, किसानले उत्पादन गरेको वस्तुको उचित मुल्य दिने, मजदुरलाई उचित ज्याला दिलाउने, शारिरिक अपांग भएकालाई रोजगारी दिने, जहाज चालउने, रेल कुदाउने एमाले भएको कुरा आम जनतामा मन मस्तिष्कमा भएकाले अबको चुनावमा देशैभरीबाट एमालेको जित शुनिश्चित भएकाले दाबी गरे। आफ्नो जित देखेर पाँच दलिय गन्धाहरु एकै ठाउँमा उभियर मिलिजुली देशलाई खोक्रो बनाउने अभियानमा रहेको उनको आरोप छ ।

देश बनाउने, बिकास गर्ने हुन भने ताजा जनादेशमा जाने कुरालाई किन प्रतिगमन भने भन्दै प्रश्न गदै अध्यक्ष ओली जनताले सत्तामा पुगाएपनि देश लुटेरा पाँच दलको बिन्तीपत्र पढेर अदालतले एमाले पार्टीलाई अन्याय गरेको भन्दै सत्य फैसला जनताले गर्ने जनाए । ओलीले आफ्नो पत्नी राधिका शाक्य सहित दैलेख जुम्ला हुदै कालीकोट पुगेर चुनावी सभालाई सम्वोधन गरेका थिए ।