युथ फोर्सले गरेको फोहोर सफा गर्दै डा. केसी

श्रावण ९,काठमाडौं। नेकपा एमालेको केपी ओली निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा माइतीघरमा गरिएको फोहोर डा. गोविन्द केसी लगायतले सफा गनु भएको छ।

माइतीघरबाट सुरु भएको युथ फोर्सको मार्चपास नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुन:बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुगेर अन्त्य भएको थियो ।

मार्चपासका क्रममा माइतीघर मण्डलामा बाटो भरी बोतल, क्याप, कपडा, चुरोटको ठुट्टाहरु फ्याँकिएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।

माइतीघरमा बिपी प्रतिष्ठानमा हुँदै गरेको आन्दोलनको समर्थनमा डा.गोविन्द केसी, मिलन पाण्डे लगायतका केही अभियान्ताहरु भेला भएका थिए ।उहाँ हरुले आफ्नो कार्यक्रम सकाएपछि युथ फोर्सले गरेको फोहोर सङ्कलन गरेर माइतीघर सफा पारीएको छ।