सान्नी त्रिवेणी १ का जनप्रतिनिधिले महिनामा २ दिन श्रमदान गर्ने

रुकुम योगी, कालिकोट । सान्नी त्रिवेणी गाउँपालिका वडानं-१ का जनप्रतिनिधिले  महिनाको २ दिन श्रमदान गर्ने भएका छन्। वडा कार्यालयको बैठक वसि वडाका जनप्रतिनिधिले महिनामा २ दिन सरकरी तथा गैरसरकारी जुनुसुकै ठाउँमा पनि श्रमदान गर्ने निर्णय गरेको वडा अध्यक्ष वैकुण्ठ राज गिरीले बताए ।

यस्तै वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद प्रक्रीया अगाडि बढाएको छ । भदौ १२ गते वसेको वडा कार्यालयको बैठकले वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्नका लागि चाँके सिमलरुखमा जग्गा खरिद गर्ने निर्णय गरेको वडा अध्यक्ष गिरीले बताए ।

विगत पाँच वर्ष देखि वडा कार्यालयको आफ्नै भवन नहुँदा नागरिकहरुलाई दिने सेवा प्रवहमा केहि समस्या भएको हुँदा वडा कार्यालयको वैठक वसि जग्गा खरिद गर्ने निर्णय गरेको वडा अध्यक्ष गिरीले बताए ।

सुचना प्रकासित भएको १५ दिन भित्र जग्गा विक्री गर्न चाहानेले आवश्यक कागजात सहित वडा कार्यालयमा पेश गर्न सुचना समेत प्रकाशित गरेको छ ।