
बैशाख ३१ कालिकोट। कालिकोट जिल्लाकाे खाँडाचक्र नगरपालिका वडान.१ काे वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका धर्मराज ताम्राकार विजयी भएका छन् ।
आफ्ना प्रस्तिपर्धी कांग्रेसका छत्रबहादुर शाही र एमालेका विनोद बहादुर शाहीलाई हराउँदै ताम्राकार विजयी भएका हुन् ।
ताम्राकारले २३३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने कांग्रेसका छत्रबहादुर शाहीले १५२ र एमालेका विनोद शाहीले १३१ मत प्राप्त गरेका छन् ।
महिला सदस्य पन्चकन्या उपाध्याय,रेवति बि.क दलित महिला सदस्य,धनजित शाही (आदर्श ),भद्रे कामिकाे प्यानल विजयी भएका हुन्।



karnalipress
३१ बैशाख २०७९, शनिबार १९:५४