कार्तिक २०,कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचन आयोगको आचारसंहिता विपरित मत माग्न थालेका छन्।
निर्वाचन आयोगद्धारा भदौ १३ गते जारी भएको आचारसंहिताका दफा तीनमा स्थानीय कार्यपालिका तथा सो का सदस्यलाई समेत निर्वाचनमा प्रचार प्रसार गर्न नपाईने भन्दै आचारसंहिता लाग्ने उल्लेख गरिएको छ ।
यस्ते आचारसंहिताको परिच्छेद तीन क मा कुनै राजनीतिक दलको वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रचार गर्न नहुने उल्लेख छ ।
तर रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही,जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाही,पचालझरना गाउँपालिकाका प्रमुख देवराज शाहीले गठबन्धन दलका उम्मेदवारलाई मत माग्दै गाउँ बस्तीमा निरन्तर डुलिरहेको पाइएको हो ।
साथै चुनवी प्रचार प्रसारमा बालबालिकालाई पनि प्रयोग गरेको पाहिएको छ। गठबन्धन दलका नेताहरुले कालिकोटमा बालबालिकालाई प्रचार प्रसारमा नाच्न प्रयोग गरिरहेका छन् ।
karnalipress
२० कार्तिक २०७९, आईतवार ०६:५८