सर्वहाराको नेतृत्व झुपडीमा पुगेको हुनुपर्छः नेता सिम्खडा

कालीकोट पुस २४ गते । नेकपा एमाले कालीकोटका युवा नेता दयाराम सिम्खडाले दुखी गरिवको घरदैलोमा पुगेर सहानुभुती दिने नेतृत्व छान्न आग्रह गरेका छन् । रास्कोट नगरपालिका इन्चार्ज समेत रहेका नेता सिम्खाडाले एमालेको नेता सदरमुकाम र केन्द्रमा गएर काने खुसि कुरा गर्ने नेता भन्दा जनताको घरदैलोमा धाउने, कार्यकर्ता र एमालेलाई माया गर्ने दुखि गरिव सर्वहारा वर्गका नागरिकसंग सधै भलाकुसारी गर्ने नेतृत्वको छनोट गरी चलायमान एमाले वनाउने नेताको खोजिमा लाग्न आग्रह गरे ।

नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशनमा सहभागी नेता, कार्यकर्ता र एमाले समर्थकलाई स्वागत गदै एमालेका प्रतिनिधि भोटरहरुले स्वबिबेक प्रयोग गरेर हाम्रो एमाले र राम्रो एमाले वनाउने नेताको पक्षमा लाग्न आग्रह गरे । उनले औषधी नपाएर पुर्जा वोकेर भौतारिएका बिरामीको सहरा वन्ने, किसानको वारीमा गएर हलो जोत्ने, वेसाहरा बृद्धबृद्धाको लौरो वन्ने, परिवर्तनका लागि बिभिन्न आन्दोलनमा हात खुट्टा गुमाएका घाईते अपांगको वैसाखी वन्ने र दुखिहरुको पक्षमा एमाले रहेछ भनेर बिश्वास दिलाउने नेताको छनोट गरेर कम्युनिष्ट पार्टीको सक्षम,र सबल सिपाईको भुमिका निर्वाह गर्न अनुरोध गरे ।

दशौ जिल्ला अधिवेशनमा अध्यक्षका प्रमुख दावेदार नेता दयाराम सिम्खाडाले कसैको रिसले एमाले परित्याग गर्ने र अर्को समुहमा सहभागी हुनेलाई पनि लगानीको प्रतिफल लिन र जनताको सेवामा लाग्नका लागि घर फर्किन समेत आग्रह गरे । नेता सिम्खडाले एमालेमा लागेर समय खर्च गरेर जनताको सेवा गरेर नेतृत्वको दावी गर्नु स्वभाविक हुने भन्दै कसैकसैले केन्द्र, जिल्लामा पलेटी कसेर नेता वन्ने सपना देखेकालाई सर्वहाराको नेतृत्व गर्न तिनै झुप्प्रा वस्तीमा जानु पर्छ भन्ने अनुभुती समेत गराए ।