
असोज १५,काठमाडौं। राष्ट्रपति भण्डारीले भन्नुभयो, जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्याउनुपर्छ ।
विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, सङ्क्रमण अन्त्य भइ नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।
आयोजक संस्था महासङ्घकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिनुभयो ।
उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुनासो गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुगमन गर्ने एजेन्सीका रूपमा स्थापित गर्न आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभयो ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूले सङ्घ र प्रदेश सरकारको तुुलनामा नागरिकका हितका लागि पालिकाले न्याय निरूपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रूपमा रहेका पालिकाले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानुनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो ।
राष्ट्रिय परिषदमा देशका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुझाइ स्थापित गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुस्तकको लोकार्पण गर्नुभयो ।by-ujyaaloonline
karnalipress
१५ आश्विन २०७८, शुक्रबार १६:४२