चैत २२,कालिकोट । सुरक्षित विद्यालय नितिमा पैरवि सिप विकास तालिम मान्ममा सम्पन्न भएको छ । विद्यालयको भौतीक संरचना र सुरक्षीत विद्यालयको अबस्थाका वारेमा सिप विकास तालिमको आयोजना गरीएको थियो ।
विद्यालयको शैक्षीक अबस्थामा परीवर्तन ल्याउन जिल्लास्थित नागरीन समाज र शुभकालिका गाउँपालिका,तिलागुफ नगरपालिकामा गठन गरीएका सिएसओ नेटर्ओकमा आवद्ध सहभागीको उपस्थितिमा दुई दिने तालिमको आयोजना गरीएको हो । तालिमा विद्यालयमा भईरहेका गतिविधि र त्यसको सुधारका वारेमा छलफल गरीएको छ ।
बालमैत्री विद्यालय र अपाङगमैत्री विद्यालयलाई ब्यबस्थीत तबरवाट कसरी लिने गुणस्तरीय शिक्षाका बिषयमा भईरहेको परीवर्तनका वारेमा जानकारी दिईएको छ । किर्डाक नेपाल कालिकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थीक सहयोगमा दुई दिने तालिमको संचालन गरीएको हो । तालिमको सुरुवात गदै सेभ द चिल्ड्रेनका परीयोजना संयोजक टिकाराम विकले विद्यालयमा आवश्यक शैक्षीक सामाग्रीको अभावले विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको बताए ।
उनले भने सुरक्षीत विद्यालयको अवधारणा लागुगरी विपतको सामना गर्ने अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्यक्रमको सुरुवात गर्ने र त्यसकालागी नितिगत ब्यबस्था गर्नु आवश्यक रहेको बताए । तालिममा किर्डाक नेपालका परीयोजना संयोजक बलिराम चौधरी, शिक्षा संयोजक किर्पाराम जोसी, किर्डाक नेपाल कालिकोटका मनोसामाजिक मनोबिमर्सकर्ता डिलबहादुर शाहीले बालबालिका र शिक्षाका बिषयमा एैन, नियम, कानुन र यसको कार्यान्वयनका बिषयमा जानकारी दिनुका साथै विद्यालय सुरक्षा योजना, बिद्यालय सान्ती क्षेत्रका र बाल दुब्र्यवारको बारेमा छलफल गरीएको छ ।
जिल्लामा रहेका नागरीक समाजका प्रदाधिकारिले बैशाख ३० को निर्वाचनलाई मध्यनजर गरी बालबालिकालाई राजनिती कार्यक्रममा नलगाउने र नलगाउन प्रतिबद्घता गर्ने बताएका छन् ।
karnalipress
२२ चैत्र २०७८, मंगलवार २०:४५